Nabanayeko Ghar's front cover

Nabanayeko Ghar

नबनाएको घर

Paperback

Currently not available.

Contact us for further queries.

पुस्तकको बारेमा

लघुकविता सङ्ग्रह “नबनाएको घर” कवि दिलीप श्रेष्ठको छोटो कविताप्रतिको मोह र अभियान हो । दिनानुदिन बढ्दै गइरहेको भ्याइनभ्याईको जीवनशैलीमा लघुकविताको महत्त्व निक्कै बढ्ने अनुमान लाउन सकिन्छ । यहाँ सङ्गृहीत लघुकविताहरू पढ्न लायक छन् । यस्ता कविताले पाठक रमाउने विश्वास व्यक्त गर्दै कवि दिलीप श्रेष्ठप्रति हार्दिक हर्कबढाइँ ।
-चूडा मणि रेग्मी
२०८१ असार १ कवि दिलीप श्रेष्ठको “नबनाएको घर” लघुकविता सङ्ग्रहभित्रको कविता पढेर म आश्चर्यचकित भएको छु । उनको कविताको पठनले एउटा छुट्टै आनन्द दिएको छ, पृथक् अनुभूति भएको छ । अत्यन्त कोमल शब्द, वाक्य र पदावलीहरूको प्रयोगबाट जीवनका शाश्वत सत्यहरू र समसामयिक यथार्थलाई हृदयको अन्तरसम्म पुग्ने गरी भन्नसक्ने क्षमता साँच्चै नै मनमोहक छ । कविहरूको भिडमा उनी बेग्लै देखिन्छन् । त्यो बेग्लैपना नै उनको पहिचान हो भन्ने मलाई लाग्छ । उनका कविता शब्दको जोडजाड मात्र होइन भन्ने तथ्य बुझ्न उनका कविता नै पढ्नुपर्छ । विचार र अनुभूति एकाकार भएर प्रस्तुत भएका उनका कवितामा मानवीय भावना र संवेदनाको सुरिलो स्वर सुन्न सकिन्छ । भिडमा नदेखिने दिलीप श्रेष्ठका कविता पढेपछि यति भन्न सक्छु म, उनी जैविक (अर्ग्यानिक) कवि हुन् ।
-प्रमोद प्रधान

All Editions

Paperback
Literary Journalist Association, 2024