Delivery in 1-3 days
पेशाले संचारकर्मी रहेका दिपक समिर कथा, नाटक, गीत र कवितामा कलम चलाउछन् । पुस्तकको रूपमा यो उनको पहिलो कृति हो । काभ्रे जिल्लाको पाचखालमा जन्मेका समिर सानै देखि लेख्ने र रेडियो नेपालमा पठाउने गर्थे। त्यहिंबाट प्रेरणा पाएर लेख्न शुरू गरेका उनको रेडियो नाटक र एफ एम कार्यक्रम निकै चर्चित थिए । हाल नेपाल टेलिभिजनमा कार्यरत उनी कथा भने धेरै जसो स्वैरकल्पनामा आधारित लेख्न रुचाउछन् । यस पुस्तकका पनि अधिकांश कथा त्यस्तै शैलीका छन् । लेखनमा समाजका यथार्थ घटना र भावना आउनु पर्छ भन्ने उनको मान्यता रहे पनि त्यसमा फरक, अकल्पनीय र नमूना पात्र एवम घटना मिश्रण गरी फरक शैलीमा प्रस्तुत गर्दा त्यसको प्रभाव गहिरो र अर्थपूर्ण हुने उनको बुझाइ छ ।
Your review helps others make informed decisions
Click on a star to start your review