Currently not available.
Contact us for further queries.“ पुस्तकले जीवन र मृत्युलाई गहिरिएर नियाल्ने अवसरमात्र दिएको छैन, जीवन र मृत्युको पाठ पनि सिकाएको छ । ” – के. ट्रेल
सिर्जनशील लेखनमा स्नातकोत्तर गर्नुभएका तुलसी आचार्यको नेपाली भाषामा पहिलो संस्मरण (गैरआख्यान) हो- ‘मृत्यु डायरी’ । यसअघि विभिन्न विधामा करिब एक दर्जन पुस्तक लेखिसकेका आचार्यले प्रशासन तथा नीति विषयमा विद्यावारिधि गरेका छन् ।
मृत्यु डायरी’ प्रियजन गुमाउनेहरू वा मृत्युलाई चिन्न र बुझ्नेहरूप्रति समर्पित छ । यो वियोगको मात्र कथा नभएर योगको पनि कथा खोज हो । यसभित्र सर्वप्रथम योग त्यसपछि वियोग र वियोगले जुराइदिएको जीवनको सर्वोत्कृष्ट संयोग समेटिएको छ । यो जीवनप्रतिको आसा, भरोसा, आत्मविश्वास र प्रेरणाको कथा हो । क्यान्सर, कोरोना, मोर्फिन, प्यालिएटिभ केयर, मृत्यु र ती विषयवस्तुमाथिको अनुसन्धान र ह्याम्लेटको नियतिको कथा लेखनले पुस्तकलाई रोचक र पठनीय बनाएको छ ।
जीवनबाट बिदा मागेका रेशमलालको कथा हो, ‘मृत्यु डायरी’ । लेखकले व्यक्तिगत विषय, घटना र चरित्रलाई ‘सार्वभौम’ बनाइदिएका छन् ।
भन्छु- पुस्तक पढिरहँदा पाठक चलचित्र हेरिरहेको हुनेछन् ।
Your review helps others make informed decisions
Click on a star to start your review