Mrittasagarma Tairinda's front cover
Mrittasagarma Tairinda's front coverMrittasagarma Tairinda's back cover

Mrittasagarma Tairinda

मृतसागरमा तैरिंदा
Paperback
Rs 251
Genre:Non-fiction
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937133203
ISBN10:9937133203
Edition:1

पछिल्लो बाहिरी पृष्ठबाट

नियात्राकारले यात्राका विवरणलाई आफ्ना अनुभूति घोलेर यी नियात्राहरूमा पस्किनु भएको छ । आफूले यात्रा गरेको ठाउँको भूगोल, समाज, संस्कृति, जीवनशैली र देखेभोगेका तथ्यगत कुराहरूलाई कलात्मक, विम्बात्मक एवम् साहित्यिक मिठासका साथ सरल र रोचक ढङ्गले प्रस्तुत गर्नुभएकोले यी नियात्राहरू पठनीय बनेका छन्। पढ्दै जाँदा नसिध्याई बिचैमा छाड्न मनै लाग्दैन।यसर्थपनियस कृतिले नेपाली नियात्रा साहित्यलाई समृद्ध बनाउन मद्दत पुऱ्याउनेछ भन्ने कुरामा म विश्वस्त छु ।
पवन आलोक

डा. कडेलले पैंतालिस सालदेखि नै डायरी लेखन गर्नुहुँदो रहेछ । यही कारण विगतमा गरिएका भ्रमणहरूलाई जीवन्त रूपमा अहिले 'मृतसागरमा तैरिंदा' नियात्रासङ्ग्रहमा प्रस्तुत गर्न सफल हुनुभएको छ । यस नियात्रासङ्ग्रह मार्फत उहाँले देखिएको आफ्नो हुँदैन लेखिएको नै आफ्नो हुन्छ भन्ने भनाइलाई प्रमाणित गर्न सक्नुभएको छ। उहाँको नियात्रामा पाठकले थाहा नपाउने गरी यात्रा गराउने सामर्थ्य रहेको छ यो नै नियात्राको सफलताको मापन हो ।
श्रीओम श्रेष्ठ 'रोदन'