Delivery in 1-3 days
मेम्चो चेपाङ शब्द हो । चेपाङ भाषामा यसको अर्थ महिला वा नारी भन्ने हुन्छ । पत्रकार तथा कथाकार पराजुलीले मोम्चो खास गरी नेपाली समाजमा विद्यमान नारीले भोग्नु परेका समस्या, गर्नुपरेका सङ्घर्ष र पितृसतात्मक समाजको परिणाम स्वरुप सिर्जित नारी समस्यासँग सम्बन्धित नारीवादी विषय उठान गर्नुभएको छ । यस कृतिमा ११ वटा कथाहरू रहेका छन् । जसमध्ये मोम्चो शीर्ष कथा हो । यसको नामवाट कृतिको नाम नै राखिएको कथाकार पराजुलीले बताउनुभयो । पराजुलीले भन्नुभयो, “मोम्चो विशेषगरी चेपाङ समुदायमा बढ्दो बालविवाह र त्यसपछि महिलाले भोग्नु परेका समस्यामा केन्द्रित कथा हो ।” चेपाङ समुदायमा बालबिबाह हुने गर्दछ । कतिपयले यो समुदायमा बच्चाले बच्चा पाउँछन् भनेर भन्ने गर्दछन् ।
मेम्चोमा समसामाहिक विषय विस्तुमा केन्द्रित कथाहरु रहेका छन् ।
परिचय छ , लामो पत्रकारिताको । परिचित भए नेपाली साहित्यमा पनि । सत्यतथ्यमा आधारित भएर समाचार लेख्ने पत्रकार । सत्यलाई परिकल्पनाले कलात्मक बनाउने साहित्यकार । सबैले देखिने गरी उत्रिए दुवैमा वसन्त पराजुली ।
कुमाताले साहित्यमा परिचित गरायो । प्रतिष्ठा बढायो पुरस्कार पनि दिलायो । यसको प्रकाशनपूर्व गरिएको शुभसङ्केत र कामनाले सार्थकता पायो । पहिलो कथासङ्ग्रहबाट हौसिएका वसन्त अब मोमचोमा निस्किएका छन् , बेजोड तयारीसाथ । यो यात्राले उनलाई कथायात्रामा सुनिश्चित गर्न सक्ने मलाई विश्वास छ । कथामा आजको जीवन र समाजलाई ऐनामा जस्तै गरेर देखाउन सकेका छन् ।
कथाको दम , कथाकारितासँगै कथाशक्तिमा पनि उत्तिकै जोडिएका छन् , प्रत्येक कथामा । कथाको यो यात्राले वसन्तलाई परीक्षणकालबाट स्थायी बनाउने र स्थापित पनि गराउनेमा म ढुक्क छु ।
श्रीओम श्रेष्ठ ‘ रोदन ‘
साहित्यकार
Your review helps others make informed decisions
Click on a star to start your review