Mohor's front cover
Mohor's front coverMohor's back cover

Mohor

मोहोर
Paperback
Rs 595
Genre:Fiction
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937967815
ISBN10:9937967813
Published: April 24, 2024

पुस्तकको बारेमा

मोहोरमा इतिहास छ । अर्थात् इतिहासमा मोहोर छ । यो समाज मोहोरमा चलेको हो। यो देशले मोहोरका सिक्का छापेर अर्थतन्त्र बचाएको हो। यो समाज फर्किएर फेरि मोहोरमा नपुग्ला । एक मोहोरले पाथीका पाथी मकै खरिद गर्न नसकिएला । जसरी अब म पनि बैशमा पुग्न सक्दिनँ ।
देशले मोहोरका सिक्का अब छाप्दैन। तर यो भन्दैमा मोहोरको गन्ती अ‌ङ्कबाट हराउँदैन ।
म सोच्छु । जीवनजस्तो यो मोहोर कहिले मूर्तिमा चढ्छ, मन्दिरमा चढ्छ, पूजामा चढ्छ । कहिले लासमा चढ्छ, चितामा पुग्छ। एउटै मोहोरको भाग्यमा पनि कहिले मन्दिर पर्छ, कहिले घाट पर्छ। जहाँ जे-जस्तो पर्छ, त्यस्तै बाँच्ने त हो मान्छेले ।