Metamorphosis's front cover

Metamorphosis

मेटामर्फोसिस
by Franz Kafka, Translated by Ramchandra KC
Metamorphosis's front coverMetamorphosis's back cover

Hardcover

Rs 350

Delivery in 1-3 days

पुस्तकको बारेमा

"प्रथम वाक्यमा नै कथाको उत्कर्ष उजागर गरेर फ्रान्ज काफ्काले अत्यन्त अस्वभाविक कथावस्तुलाई आफ्नो साहित्यिक विशिष्ठता र कथ्य-कौशलले द मेटामोर्फसिसलाई यथार्थपरक बनाउन सफल रहेका छन् । मुख्य पात्र ग्रेगोर स्याम्साको आत्मस्वतन्त्रता र उसको परिवारलाई चाहिएको आत्मनिर्भरताका लागि कथामा भएका परिवर्तन र घटना शृङ्खलाका रूपान्तरणले कथालाई पठनीय बनाएको छ ।" - अर्चना थापा, लेखक

"विश्‍वभरका भूतपूर्व लेखक, समकालीन लेखक एवम् नवआगन्तुक लेखकहरूलाई हिप्नोटिक प्रभावमा पारिरहने यो कथाले कल्पनाशीलताको नूतन द्वार खोलिदिएको छ । मलाई थाह छ, मैले यो लेखिरहँदा संसारको कुनै न कुनै कुनामा, कुनै न कुनै मनुवालेद मेटामोर्फसिस अवश्य पनि पढिरहेको छ ।" - कुमार नगरकोटी, लेखक

पछिल्लो बाहिरी पृष्ठबाट

"काफ्का भनेको मेटामोर्फसिसमेटामोर्फसिस भनेको काफ्का । विश्वसाहित्यमा मानवीय विद्रूपता र विडम्बनाको यसभन्दा भयानक र कारूणिक प्रतीक कथा सायदै अरूले लेखेका छन् ।" -सरूभक्त

अनौठो सपनाबाट एकाबिहानै ओछ्यानमा ब्युझिंदा ग्रेगोर स्याम्साले आफ्नो शरीर डरलाग्दो कीरोमा परिणत भएको पायो । तत्पश्चात् उसले आफ्नो 'घुमुवा बिक्रेता पेशालाई निरन्तरता दिन सकेन ।

एक्लै बाँच्नुको पीडा, भेदभावी मातापिताको रूखो व्यवहार तथा पूरै परिवारले नै ग्रेगोरलाई गरेको घृणा र बेवास्ता अनि उसमा छाएको जीवनप्रतिको नैराश्यलाई रोचक ढङ्गले यस कथामा उतारिएको छ ।

फ्रान्ज काफ्काको द मेटामोर्फसिस विश्व साहित्य बजारमा अत्यधिक रूचाइएको र कयौं भाषामा अनूदित कृतिमध्ये एक हो ।

 

All Editions

9789937941457
Hardcover, 1st Edition
ISBN13: 9789937941457
Book Hill, 2021

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review