Genre: | Novels |
---|---|
Language: | Nepali |
Published: | May 13, 2017 |
Edition: | 1st |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937916363 |
ISBN10: | 9937916364 |
Pages: | 320 |
Weight: | 200 g |
तीस-चालीसको दशकमा मध्य तथा सुदूरपश्चिमको प्रख्यात केन्द्र कटाँसे बजार (कटाक्ष) को स्थापना, बनोट, प्रबर्द्धन र त्यसको आरोह-अवरोहको केन्द्रविन्दुमा रहेका लेखकले त्यही सेरोफेरोको समाजको विकासमा शैक्षिक, सामाजिक र राजनीतिक मियोको रूपमा जीवनका लगभग चालीस वर्ष बिताए ।
'सोहू सौगात' (कथासङ्ग्रह, २०३५), 'कर्णालीको छेउछाउ' (उपन्यास, २०७१) 'पुर्खाको चिठी' (उपन्यास, २०७२) पछि 'मेरो मधुशाला' (उपन्यास, २०७३) लेखकको चौथो प्रकाशित कृति हो ।
यी चारै कृतिहरूमा त्यतैको माटोको वासना समेटिएका छन् । त्यतैका समाज, भाषा, संस्कृति र सभ्यताका चित्रहरू कोरिएका छन् । कर्णालीका भेलहरूम निरन्तर बगिरहेका त्यतैका दुःखका आँसुहरू समेटिएका छन् ।