Currently not available.
Request this bookThis book is about the journey of visiting all the districts of Nepal. The journey was completed in around 15 months by walking.
"तपाईं एकछिन चुप लाग्नुस् । म मिलाउँदै छु । होईन भने आफ्नै भाषामा सम्झाईदिनुस् ।"
"के रे ?" मेरो बोली तिनलाई सह्य भएनछ । छातिको लुगा समातेर मलाई ढोका बाहिरसम्म तानेर ल्याए । भने, “गल्ती गर्छस् अनि मलाई चुप बस् भन्छस् ?" फोटो खिचेको मोबाईल हातमै थियो । खोसेर लिए । म अक्क न बक्क भएँ । के गरूँ के गरूँ भयो । भन्दै थिए, "पैसा तिर् | अनि माफी माग | अनि दिम्ला मोबाईल ।"
मोटो ज्यानको मान्छे । मलाई एकगाँसमै निलूँलाम गरे । म पनि रिसले चुर भएँ । भुइँको ढुङ्गा तिपेँ । सोचेँ अब अति गरे भने हानिदिन्छु । आँखाबाट आँसु झर्र्यो । रूँदै आँखा पुछन थालेँ । डर लागिरहेको थियो । आफैप्रति दयाभाव भरिएर आयो । अब छातिको लुगा समातेर म बसेको घरको ढोकासम्म तानेर लगे । भने, "अझै ढुङ्गा टिप्छस् ? लु हान त !"
म लल्याकलुलुक नै भएँ । कोही थिएनन् त्यहाँ मेरो पक्षमा बोल्न चाहने । एकैछिनमा के भयो के । केही सोच्नसम्म सकिनँ । नतमस्तक भएर उभिईरहेँ ।
Your review helps others make informed decisions
Click on a star to start your review