Mero bhakundo's front cover
Mero bhakundo's front coverMero bhakundo's back cover

Mero bhakundo

मेरो भकुण्डो
Paperback
Rs 80
Currently not available.
Contact us for further queries.

पछिल्लो बाहिरी पृष्ठबाट

२०७० साल फागुनमा बालसाहित्यका स्वदेशी तथा विदेशी लेखकहरूको कार्यशाला भएको थियो । यसको संयोजन कथावाचक समाजले गरेको थियो । यो पुस्तक त्यसै कार्यशालाको उत्पादन हो । यो चित्रकथा ३ देखि ५ वर्षसम्मका बालबालिकालाई पढेर सुनाउनका लागि तयार गरिएको हो । ६-७ वर्षका भएपछि यसलाई उनीहरू आफैँले पढ्न सक्ने छन् । यसको परिष्कार तथा परिमार्जनमा डेनिस लेखक स्याली अल्सुलरको महत्त्वपूर्ण भूमिका रहेको छ ।

लेखन: अमरकुमार प्रधान

जन्म : २०११ मंसिर १७ स्थान: सानेपा, काठमाडौँ शिक्षा : एम.ए (नेपाली)

उहाँ बालसंसार प्रा.लि.का प्रबन्ध निर्देशक हुनुहुन्छ । उहाँले यसअघि 'कस्तो राम्रो चङ्गा', 'अनौठो कलम' जस्ता बालचित्रकथाका साथै भाइ-बहिनीहरूका लागि धेरै किताब लेख्नुभएको छ । उहाँका 'शान्ति कान्ति', 'त्रिविध', 'अमरका कथाहरू' जस्ता कथासङ्ग्रह प्रकाशित भएका छन् । उहाँले तन्नेरी प्रतिभा सम्मान, सुनकोसी आमा सम्मान जस्ता धेरै पुरस्कार र सम्मान पाउनु भएको छ ।

चित्राङ्कन: विजयराज शाक्य

जन्म : २०२६ साल असार २९

स्थान : न्याचोक, पाटन

उहाँले चित्रकला शिक्षकका रूपमा विभिन्न विद्यालयमा काम गर्नुहुन्छ । यसअघि उहाँले 'हराए झुसिलकिराहरू', 'लाइफ अफ बुद्ध', 'मेरो ब्रुस खै' र 'जून' जस्ता चित्रकथाका पुस्तकमा चित्राङ्कन गरिसक्नु भएको छ । उहाँले शिलालेख, पोष्टर डिजाइनजस्ता प्रतियोगितामा विभिन्न पुरस्कार पाउनु भएको छ ।