Delivery in 1-3 days
बाल्यकालको सकसपुर्ण अवस्थामा नियतिसँग पैठेजोरी खेल्दै जीवनका अनगिन्ती मोडहरुको यात्रामा प्रायश:थाप्लोमा नाम्लो र ढाडमा बोझिलो भारी बोकेर भरियाको जीवन गुजारेका रामकुमारले हासिल गरेको मुकाम शायद धेरैका लागि प्रेरणादायी बन्न सक्छ । रामकुमार उर्फ रत्न कुमार तामाङको जन्म खाेटाङको विकट गाउँ झाक्रीबासमा एक विपन्न परिवारमा भएको थियो।जीवनको छ दशकको हाराहारीमा पाइला टेक्दै गर्दा एक अध्याय उनको थप्पिएको छ, लेखकको रुपमा । जीवनको भोगाई र यात्रा संस्मरणको रूपमा तयार गरिएको उनको “ट्रेकिङका सम्झनाहरु ” नेपालको पर्यटन साहित्यको नवीन आयाम हो।
Your review helps others make informed decisions
Click on a star to start your review