"यस सङ्ग्रहमा रवीन्द्र मिश्र कवि हुन कविता लेख्दै छैनन्, कविता लेख्न कवि स्वरूपमा अवतरित छन् । कविले होइन, कवित्वले कविता लेखाएको छ । यसमा सूक्ष्म कथ्यमाथि बलियो र अटुट काव्यप्रवाह छ । मिश्र-व्यक्तित्वको साहित्यिक उचाइ हो, यो कृति । बाह्य संसारबाट कवि अन्तर्जागृतिको अन्तश्चेतनामा प्रवेश गरेका छन् । यस सङ्ग्रहमा अध्यात्मतर्फ कविको आकर्षण पनि सुन्दर, सशक्त र गहिरो रूपमा प्रकट भएको छ ।"
"अनुभूतिलाई शब्दमा बिछ्याउँदा कविताको जुन बाटो बन्छ, रवीन्द्र मिश्र त्यो बाटोभरि इमानदार लाग्छन् । इमानदारी सौन्दर्य बनेर उनका कवितामा फुलेको छ । पत्रकारिता, परोपकार वा राजनीतिको छविबिनै यस सङ्ग्रहका कवि रवीन्द्र मिश्र पूर्ण छन् । मिश्रलाई कविताको बाटोमा दह्रो गरी खुट्टा टेकेर उभिन यो कवितासङ्ग्रह पर्याप्त छ ।"
Your review helps others make informed decisions
Click on a star to start your review