Mastiska haruko Mrityu's front cover

Mastiska haruko Mrityu

मस्तिष्कहरूको मृत्यु
Mastiska haruko Mrityu's front coverMastiska haruko Mrityu's back cover

Paperback

Rs 499

पछिल्लो बाहिरी पृष्ठबाट

यस पुस्तकमा रोशन शेरचन जीवन र साहित्यको चौरास्तामा के गर्ने, के नगर्ने भनी सही दिशा खोज्न सक्दो बल लगाएर यत्न गरिरहेको असिनपसिन बटुवाजस्ता देखिन्छन् । परस्पर विरोधी विचारहरूबीच अचेटिंदा पनि गन्तव्य भेट्ने आशामा अविराम हिंडिरहेका उनले चौरास्तामा आवश्यक-अनावश्यक सबै-सबैहरू भेट्छन्– कोलाहल, भिड, धुवाँ, धुलो, साइनपोस्ट, सही दिशा खोज्नुपर्ने जिम्मेवारी र यात्रुलाई अलमल्याउने बजारका रङ्गीबिरङ्गी होर्डिङबोर्डहरू ।
निबन्धलाई विचारको कला-यात्रा मान्ने शेरचनले करिब अढाई दशकअघि साहित्य, सङ्गीत, समाज, संस्कृति र समग्र मानवजगत्प्रतिका आफ्ना गूढ विचारलाई यहाँ साझीकरण गरेका छन् ।
तन्नेरी उमेरमा रोशन शेरचनले सचेततापूर्वक वा यसै अनुभव गरेको दुविधाग्रस्त, अवसाद र विसङ्गत समयको दस्तावेज हो— मस्तिष्कहरूको मृत्यु

All Editions

9789937990691
Paperback
ISBN13: 9789937990691
Book Hill, 2025

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review