Delivery in 1-3 days
वरिष्ठ मानसिक चिकित्सक डा. विश्वबन्धु शर्माले चार दशक लामो आफ्नो सेवाकालमा अनुभूत गर्नुभएका अविष्मरणीय घटनाहरूको सँगालो हो- 'मान्छेको मन' ।
विचलित भएका मानिसहरूलाई सही अवस्थामा ल्याउने क्रममा आफूले प्राप्त गरेका सफलता मात्रै होइन असफलताहरूलाई पनि डा. शर्माले कत्ति नधकाई प्रस्तुत गर्नुभएको छ । उहाँका सहकर्मी चिकित्सकहरूका कतिपय सन्दर्भले तपाईंलाई चकित नै बनाउनेछ ।
पढ्दै गर्दा तपाईंले समाजको चित्र पाउनुहुनेछ । कतै तपाईं हाँसेर हुरूक्क हुनुहुनेछ, कतै भावुक बन्नुहुनेछ । भाषा यति रसिलो र बँदिलो छ कि ठाउँठाउँमै तपाईंले 'वाह !' भन्नुहुनेछ ।
Your review helps others make informed decisions
Click on a star to start your review