Delivery in 1-3 days
यो पुस्तक सन् १९९५ मा जापानमा गएको हानसिन—आवाजी महाभूकम्पपछिको पुनर्निर्माण कार्यको लेखाजोखामा केन्द्रित छ । यसमा कोबे र कुमामोतो शहरको पुनर्निर्माणको पाटोलाई सङ्क्षिप्त रूपमा समेटिएको छ ।
यो पुस्तक सन् १९९५ मा जापानमा गएको हानसिन—आवाजी महाभूकम्पपछिको पुनर्निर्माण कार्यको लेखाजोखामा केन्द्रित छ । यसमा कोबे र कुमामोतो शहरको पुनर्निर्माणको पाटोलाई सङ्क्षिप्त रूपमा समेटिएको छ । त्यसमध्ये कोबे शहरको पश्चिमी क्षेत्रमा पर्ने नागाता वार्ड अन्तर्गत एक इलाकाको आवास पुनर्निर्माण सम्बन्धमा विस्तृत अध्ययन गरि पुनर्निर्माणका विविध पाटाहरुको अन्तरसम्बन्ध र सरोकारवालाको भूमिकामाथि प्रकाश पारिएको छ । कोबे नजिकैको आवाजी टापुका ग्रामीण बस्ती—बजार पनि स्थलगत अध्ययनमा समेटिएका छन् । कुमामोतोको पुरानो बसोबास क्षेत्रको रूपमा रहेको सिनमाची फुरुमाची एवम् भूकम्पको केन्द्रविन्दुको रुपमा रहेको मासिकीको पनि अध्ययन गरिएको छ ।
विप्दपछिको पुनर्निर्माणसँग सम्बन्धित यी स्थलगत अध्ययनले विशेषतः पुनर्निर्माण योजनाको आकार, शहर—बस्तीको इतिहास र शहरी जीवनशैलीबारे प्रकाश पारेका छन् । यसमा उठाइएका विषयवस्तु संस्थागत संरचना, कानुनी संरचना, सरोकार समूहका सवाल, भौतिक योजनाको निरूपणदेखि बसोबासका लागि अरू उपयुक्त वातावरण निर्माण गर्ने उपायसँग सम्बन्धित छन् । हरेक ठाउँको आफ्नै विशिष्ट इतिहास रहेको तथा भूकम्पले निम्त्याएको क्षतिको प्रकृति पनि फरक—फरक रहेकाले पुनर्निर्माणमा पनि ठाउँ अनुसार फरक—फरक शैली अपनाइएका छन् । विपद्पछिको पुनर्निर्माणका विविध पक्षको विवेचनामा नक्सा—चित्र र तथ्यांकको प्रयोग गर्दै जापानकै अनुसन्धान र समालोचनाका प्रसंग जोडेर गरिएको यो अध्ययन शहरवस्तीको योजना निर्माण र कार्यान्वयनमा एक सान्दर्भिक पाठ हुन सक्नेछ ।
Your review helps others make informed decisions
Click on a star to start your review