Mohanmurti Panta

मोहनमूर्ति पन्त

लमजुङ मूलघर भएका मोहनमूर्ति पन्त वास्तुकला, नागरी डिजाइन तथा सम्पदा संरक्षणका क्षेत्रमा तीन दशकदेखि अध्ययन, अध्यापन, अभ्यास र अनुसन्धानरत छन् । पन्तले जापानको क्योटो विश्वविद्यालयबाट परम्परागत शहरबस्ती संस्कृतिको खोजीमा विद्यावारिधि गरेका छन् । उनले ख्वपः इन्जिनियरिङ कलेज, भक्तपुरको वास्तुकला विभाग एवं नागरी डिजाइन र सम्पदा संरक्षण विभागमा १२ वर्ष प्राध्यापन गर्नुका साथै जापानमा पनि वास्तुकला र सम्पदा संरक्षणका क्षेत्रमा काम गरेका छन् । पन्तका ‘‘Stupa & Swastika-Historical Urban Planning Principles in Nepal’s Kathmandu Valley’ र ‘Thimi : Community & Structure of a Town’  दुई पुस्तक प्रकाशित छन् ।

Books by Mohanmurti Panta