Delivery in 1-3 days
नेपालमा बसोबास गर्ने प्रत्येक समुदायलाई कानुन बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने हक संवैधानिक रुपमा सुनिश्चित भइसकेपछि मातृभाषामा शिक्षाले अझ प्राथमिकता पाएको छ । नेपालको तेस्रो ठूलो जातीय समुदायको रुपमा रहेको मगर समुदायको ४१.८५ ले मात्र मातृभाषा बोल्न जान्दछन् । पठनपाठनका लागि तयार पारिएको पाठ्यक्रम र पाठ्यपुस्तकले मातृभाषा बोल्न जान्नेहरूको लागि अध्ययन अध्यापनमा सहजता ल्याएको भएतापनि मातृभाषा बोल्न नजान्नेहरूको लागि सिकाइमा थप समस्या देखिन सक्ने यथार्थता सर्वविदितैछ । उक्त समस्यालाई मध्यनजर राख्दै मातृभाषा संरक्षण र संवर्द्धन गर्ने उद्देश्यका साथै ती दुवै समूहको सिकाइ प्रभावकारी बनाउन सहयोग पुग्ने हेतुले यो पुस्तक तयार पारिएको छ । वि.सं. २०६१ सालमा प्रकाशित भइसकेको मगर ढुट लवजखाट (मगर भाषाको व्याकरण) को परिमार्जित दोस्रो संस्करण स्वरुप प्रकाशित हुन लागेको पुस्तक पढेर सुझाव सल्लाह दिने मौका प्रदान गर्नु भएकोमा लेखकलाई धन्यवाद । व्याकरण निर्माण आफैमा जटिल कार्य हो । जटिल विषयलाई सहजीकरण गर्दै निरन्तर लागि परेर काम गर्ने धैर्यता तथा मेहनतको फलस्वरुप मगर भाषाको व्याकरण तयार भएको छ । यो कृति प्राथमिक तहको पाठ्यक्रमलाई आधार मानेर तयार गरिएको भएतापनि मगर समुदायका विद्यार्थी, अनुसन्धाता लगायत भाषा प्रति चासो राख्ने गैरमगर समुदायका लागि समेत एउटा महत्त्वपूर्ण दस्तावेजको रुपमा रहने छ भन्ने कुरामा म विश्वस्त छु । करिब २५ बर्षदेखि मातृभाषा सेवामा निरन्तर लागि परिरहनुभएका मन बहादुर बगाले मगरज्यूको गौरवशाली यात्राले निरन्तरता पाओस्, शुभकामना !
Your review helps others make informed decisions
Click on a star to start your review