Delivery in 1-3 days
सञ्जु बजगाईं आफ्नो लेखनीको एक दशकजति समयावधिमा नै नेपाली कथाका क्षेत्रमा पहिचान बनाउन सफल कथाकार हुन् । विगत लामै समयदेखि आप्रवासमा बस्दै आएकी सजले आफनो लेखनीलाई मलतः त्यतैतिरका विषयवस्तुका कथालेखनमा केन्द्रित गरेकी छन् । आप्रवासमा बसेर साहित्य सिर्जना गर्ने महिला साहित्यकारहरूका बीचमा मात्र नभई समग्र साहित्यकारहरूकै बीचमा यिनी उल्लेख्य साहित्यकारका रूपमा परिचित छन् । पहिलो कथा सङ्ग्रह समुद्र र सपना (२०६७) बाटै आफनो स्पष्ट साहित्यिक पहिचान निर्माण गरेकी सञ्जुले यस कथा सङ्ग्रहका माध्यमबाट थप उचाइ प्राप्त गरेकी छन्।
आप्रवासमा बसेर आप्रवासी चेतनाको अभिव्यक्तिका साथै त्यहाँको जीवनशैलीको चित्रण तथा राष्ट्रप्रेमको भावनाको अभिव्यक्ति यस कथा सङ्ग्रहमा सङ्कलित कथाहरूको उल्लेख्य विशेषता हो । सञ्जुका कथामा आप्रवासमा बसेर पनि नेपाली संस्कृति र संस्कारलाई झल्काउने चालचलन, परिधान आदिको पक्षधरता प्रस्तुत गरिएको छ । यिनका कथामा महिला र पुरुष दुवैका मानसिकताको जीवन्त चित्रण पाइए पनि नारी मानसिकताको चित्रण बढी सबल देखिन्छ । कतिपय सन्दर्भमा नारीवादीजस्ती देखिए पनि यिनी मलतः यथार्थवादी कथाकार हुन् । आप्रवासी परिवेशमा आप्रवासी अनुभूतिको प्रस्तुति, मनोविश्लेषणात्मकता, प्रविधि संस्कृतिको प्रयोग यिनका कथामा पाइन्छ । विदेशी एवं स्वदेशी विभिन्न नामधारी सहभागीका माध्यमबाट कथ्यलाई अगि बढाइएका सञ्जुका कथामा परिवेश चित्रण पनि स्वाभाविक देखिन्छ। आफूले भोगेका युगीन जनजीवनसँग सम्बद्ध सकारात्मक-नकारात्मक तथा उज्याला-अँध्यारा यथार्थको प्रकटीकरण गर्ने उद्देश्यद्वारा अभिप्रेरित यिनका कथामा परोक्ष रूपले सघन विचारको प्रस्तुति पाइन्छ।
गृहीत विषयवस्तुलाई सरल, सहज र स्वाभाविक ढङ्गले आलङ्कारिक भाषिक विन्यासमा कथा संरचना निर्माण गर्न कथाकार सञ्ज सिपाल छिन् । वार्तालापीय ढाँचामा कथ्यको प्रस्तुति गरिएका यिनका कथा रोचक र पठनीय छन् । यिनको भाषालाई थप रोचक तुल्याउने काम ठाउँठाउँमा पाइने कवितात्मक अभिव्यक्ति तथा प्राकृतिक बिम्बको स्वाभाविक प्रयोगले गरेको छ । मानक नेपाली भाषामाथि अतिक्रमण भइरहेको र त्यसका विपक्षमा हामी केन्द्रित भइराखेका बेला मानक, परिष्कृत र प्रायः शुद्ध नेपाली भाषाको प्रयोग यस कथाको उल्लेख्य पक्ष हो ।
- प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल
नेपाली समकालीन आख्यानसाहित्यमा सञ्ज बजगाई नारी अन्तर्यलाई मिहीन ढङ्गले अभिव्यक्त गर्नसक्ने कथाकार हुन् । उनका कथा हिमालबाट यात्रा थालेर समुद्रमा बिसौनी बनाउने हिमनदीजस्तै अविच्छिन्न र तीव्र प्रवाहशाली हुन्छन् । डायोस्परिक भावभूमिमाथि नीत-नवीन कथा बुन्न पारङ्गत सञ्ज हरेक कथामा फरक स्रष्टा भएर प्रस्तुत हुन्छिन् । सञ्जुका कथाका नारी पात्रले बोकेका सुख-दुःख या आरोह-अवरोहको प्रस्तुति-कला भिन्न छन् । पाठकले कल्पना नै नगरेको बाटोमा डोरिन्छन् उनका पात्रहरू र लख काट्नै नसकिने ठाउँमा पुगेर विसर्जित हुन्छन् उनका कथा।
- रमण घिमिरे