Delivery in 1-3 days
१९९१ सालमा काठमाडौंको ओमबहालमा जन्मिएकी सत्यभामा माथेमा नेपालका प्रथम महिला न्यायाधीशका रूपमा परिचित छिन् । सम्पत्तिको अधिकारका लागि आफ्नी आमाको लडाइँ लड्दै सत्यभामाले कानुन विषयमा स्नातक अध्ययनपछि केही समय शिक्षक, केही समय अख्तियार दुरुपयोग निवारण आयोगका सह-सचिव र धेरै समय न्यायाधीशको पेसागत जीवन बाँचिन् । पेसागत जीवनभन्दा बाहिर उनी नेपालभाषाका साहित्यकार एवं सांस्कृतिक अभियन्ताका रूपमा चिनिएकी छन् । उनी कहिले च्वसापासाका कोषाध्यक्ष, कहिले नेवाः दे दबूका उपाध्यक्ष र नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिका नायःको स्पमा क्रियाशील भइन् । साहित्यकार पारिजात र सुकन्या वाइबासँग अविच्छिन्न मित्रता र सहकार्य सत्यभामाको जीवनको अभिन्न अङ्ग हो । नौ दशक लामो जीवनमा उनले 'कक:चा' (तीते करेला) कविता सङ्ग्रहसँगै 'इलं फ्वाःगु जीवन' (समयले घचेटेको जीवन) नाट्य शैलीमा लेखिएको नौलो खालमा उपन्यास सिर्जना गरेकी छन् । पछिल्लो समयमा उनी कविता र संस्मरणसँगै समसामयिक वैचारिक टिप्पणीको प्रकाशनमा सक्रिय छिन् ।
Your review helps others make informed decisions
Click on a star to start your review