Currently not available.
Contact us for further queries.भाइरसको डरः भाइरसले ठूलो सानो भन्दैन।धनी गरिब चिन्दैन।असल खराब हेर्दैन।लिलीलाई भाइरसको डर पनि छ । तर, डर भगाउने उपाय पनि थाहा छ।त्यही उपाय यो कथामा छ।
लिलीले बिर्सिन्नन्ः भाइरसबाट बच्न साबुन पानीले मिचीमिची २० सेकेन्डसम्म हात धुने कुरा त लिलीले जानिन्, तर जानेको कुरा गर्न भने उनलाई अल्छी लाग्यो । उनलाई अल्छी लागे पनि भाइरसले फैलिन त अल्छी मान्दैन । लिलीले 'हात धुन अल्छी गर्नु हुन्न' भनी जानेको कुरा नै यो कथामा छ ।
सिक्दै सिकाउँदैः भाइरसको महामारीका बेला बाहिरफेर हिँड्नु हुँदैन । स्कुल खुल्दैन । कति टिभी हेर्नु, कति एक्लै खेल्नु । के गर्ने होला ? घरमा बस्दाबस्दै आफूले नजानेका कुरा सिक्न र आफूले जानेका कुरा सिकाउन पनि रमाइलै हुँदो रहेछ । लिलीलाई यो तरिका गज्जब लाग्यो । 'लकडाउन'का बेला लिलीले के-के सिकिन् र आमाबुबालाई के-के सिकाइन् ? त्यही कुरा यो कथामा छ ।
साथीको न्यास्रोः स्कुल लाग्दा पो भेट भइरहन्थ्यो । कुरा हुन्थ्यो । खेल्न पाइन्थ्यो । रमाइलो हुन्थ्यो । कोरोनाका बेला घरमै बस्नुपर्दा साथीको न्यास्रो त लाग्ने नै भयो नि । नभेटेको पनि कत्ति भयो । नबोलेको कत्ति भयो । साथीको यादले मनै धमिलो भयो । तर, लिलीका आमाबुबाले उनलाई उनकी साथी बिन्दुसँग भेट गराइदिनुभयो । कसरी ? त्यही कुरा यो कथामा छ ।
लिली रिसाएकी छिन्ः ठूला मान्छे भनेर के गर्नु । बाहिरफेर हिँड्दा लापरवाही गर्छन् । लिलीको बुबाले पनि यस्तै लापरवाही गरेपछि लिली रिसाएकी छिन् । बुबाले गर्नुभएको के हो ? लिली किन रिसाएकी हुन् ? त्यही कुरा यो कथामा छ ।
Your review helps others make informed decisions
Click on a star to start your review