Lichchhavi Sanskriti's front cover

Lichchhavi Sanskriti

लिच्छवि संस्कृति
Lichchhavi Sanskriti's front coverLichchhavi Sanskriti's back cover

Paperback

Rs 1199

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

लिच्छवि संस्कृति र इतिहासबारे गहिरो अध्ययन भएका थोरै नेपाली विद्वान्‌मध्येका एक हुन्- जगदीशचन्द्र रेग्मी । खासगरी सांस्कृतिक इतिहासमा सिद्धहस्त मानिने उनले यस किताबमा लिच्छविकालीन समाज, भूगोल, राजनीति, इतिहास, जातीय स्थिति, धार्मिक अवस्था, साहित्य र अर्थव्यवस्थादेखि आर्थिक अवस्थाबारे निकै गहिराइमा अध्ययन गरेका छन् । इतिहासका नाममा मनोगढन्ते व्याख्या गर्ने प्रचलनविपरीत उनले आधिकारिक अभिलेख र मूल ग्रन्थका आधारमा मात्रै आफ्नो विश्लेषण पस्केका छन् । उनले आफ्नो अध्ययनमा व्यक्तिगत धारणालाई महत्त्व नदिई प्रामाणिकतामा जोड दिएका छन् । नेपालको आधिकारिक सांस्कृतिक इतिहास पढ्न चाहने पाठकले यो किताब नपढेसम्म अध्ययन अधुरै रहन्छ ।

 

All Editions

9789937963688
Paperback, 1st Edition
ISBN13: 9789937963688
Indigo Ink, 2024