Lahureni Phool

लाहुरेनी फूल


E-book
Rs 150
Paperback
Rs 337 Rs 375
Send as Gift!
Genre: Romance
Language: Nepali
Published: December 2018

Paperback

Origin: Nepal
ISBN13: 9789937705332
ISBN10: 9937705339
Pages: 300

About the Book

Lahureni's Flower is a love story. However, this is a love story for the interpreters who think of society and time deeply. This book is not just for young teens but also for  the ones who favor social justice.

पछिल्लो बाहिरी पृष्ठबाट

सुष्मा रूपाबुङ राई नितान्त नयाँ लेखक हुन् । आम पाठकहरूका लागि अब अब्बल लेखक भएकी छन् ।

नेपाली समाजमा लाहुरे-संस्कृतिको मनोविज्ञानले गहिरो प्रभाव पारेको छ । विशेषतः यो सांस्कृतिक मानोविज्ञानले किशोर उमेरबाट युवावस्थामा प्रवेश गरिसक्दासम्ममा उथलपुथल गरिसक्छ । विकल्पविहीन सपनाको मेलो देखाउँछ । तर, यही संस्कृतिले मानिसको पारिवारिक जीवनमा ल्याउने परिवर्तन वा व्यक्तिगत जीवनमा पुऱ्याउने असर भने गम्भीर छ । जसलाई उजिल्याउन सकिएको छैन ।

हो, प्रेम मानिसको वैयक्तिक कुरा हो । निजी बोध हो तर यही प्रेमको भावावेगमा आर्थिक तथा सांस्कृतिक मनोदशाले जीवनको सन्दर्भमा कसरी वर्चस्व जमाउँछ ? हो, यिनै कथा लेखिन बाँकी थिए, अब लेखिन थालियो । लाहुरेका गौरवगाथाका थुप्रै कथाहरू आइसकेकै छन् । त्यही सम्पन्नताको मनोविज्ञानले प्रेममाथि कसरी हस्तक्षेप गर्छ ? भन्ने लेखिएका थिएनन् । सुष्मा रूपाबुङ राईले यही लेखेकी छन् ।

'लाहुरेनी फूल' प्रेमकथा हो । तर, यो प्रेमकथा त्यही अर्थबोधहरूको कथा हो, जसले हाम्रो समाज र समयलाई गहिरो गरी समात्छ | आम किशोर वा युवा मनहरूको लागि मात्र होइन, सामाजिक न्यायका पक्षमा उभिन चाहने सबैसबैका लागि नयाँ दृष्टि र स्वाद हो- यो उपन्यास ।