Currently not available.
Request this bookयस पुस्तकमा 'वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार एवं विकास केन्द्र' (सिप्रेड) द्वारा देशमा सञ्चालित बेमौसमी तरकारी खेती प्रविधि, उत्पादनका क्षेत्र छनोटदेखि बजारको खोजी, संस्थागत विकास, जलवायु अनुकूलन खेती पद्धति, एकीकृत शत्रुजीव व्यवस्थापन, पर्यावरणीय प्रभाव न्यूनीकरण, खेतीले ल्याएको परिवर्तन, आयस्रोतको विविधीकरण आदि कृषि विकासका प्रयासहरू समाविष्ट छन् । यस हिसाबमा प्रस्तुत पुस्तक सिप्रेडका कामको तथ्यगत प्रस्तुति पनि हो । त्यसै गरी यस पुस्तकले कृषिकर्ममा परिवर्तन ल्याउने व्यक्तिगत, संस्थागत र सरकारी प्रयासलाई उत्साहित र प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।
जनशक्ति विदेशिएपछि श्रमशक्ति अभाव भयो । निर्वाहमुखी कृषिमा श्रमशक्ति अभावले जमिन बाँझियो । प्राथमिकतामा परे पनि सरकारी सहयोग ठाउँमा पुग्न सकेन, कृषिमा व्यावसायीकरण भयो तर यान्त्रीकरण भएन । त्यसैले यसको उत्थानमा कृषकभन्दा सरकारी/गैरसरकारी यत्नको महाव छ । कृषि उनन्नयको योगदानमा आधारित यो पुस्तक संस्थागत प्रयासको मीमांसा हो । सिप्रेडद्वारा हासिल उपलब्धिले धेरै कृषक लाभान्वित भए । हुन त कृषककर्जा, हरितक्रान्ति, श्वेतक्रान्तितिर लेखक गएनन्, कृषि विशेषज्ञहरु सम्झिएनन्, “तरकारी लगाउँ, छोराछोरी पढाऊँ” अभियान सुनेनन् र प्राङ्गारिक खेतीको महावबारे बोलेनन् । तथापि गैरसरकारी संस्थाका ऊर्जा र उपलब्धि उजागर गर्ने क्रियाशीलता स्तुत्य छ ।
दीपेन्द्रबहादुर क्षेत्री, पूर्व गभर्नर, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष
कृषि पर्यटन अभियानको संस्मरण होइन, न त जीवनी; तथ्यमा आधारित यो दस्ताबेजले कृषि विकासका प्रयासहरु समेटेको छ । पात्र चयनको सावधानीले व्यक्तिगत सफलताका कथालाई प्रेरणादायी बनाएका छन् । भूमिहीन, सीमित भूमि र “देशमा सम्भावना छैन” भन्दै विदेशिनेहरुमा यी कथाले सकारात्मक सोच जगाउँछन् । सिप्रेडले चलाएका परियोजनामार्फत किसानहरुको जीवनशैलीमा आएका परिवर्तनका विविध पाटा पल्टाउँदै यसले संस्थागत विकासका अनेक पक्ष उजागर गरेको छ । ग्रामीण क्षेत्रमा सीमित सिप्रेडलाई “सहरीलाई पनि कार्यक्षेत्र बनाउन दिइएको सुझाव व्यावहारिक लाग्यो । यस कलात्मक मेहनतका लागि जीवनजीलाई शुभकामना !
यमुना घले, खाद्य सुरक्षा विशेषज्ञ
देशका कैयौं कुना घुमिसके कृषिमा नयाँ सम्भावना खोज्दै । जागिर छोडेर देशाटनमा लागेका राईले निजी अनुभवको जगमा उभिएर लेखे पनि कृषिको सम्भाव्यता आFकलन गर्ने यस पुस्तकले सफलताका अनेक विश्वसनीय आधार खडा गरेको छ । समृद्धिको सम्भावनासँगै सफलताका प्रक्रिया चर्चा गर्ने पुस्तक कृषिउन्नयनबाट देशको भविष्य देख्नेहरुका लागि उपयोगी छ तर उत्पादनका साधन, उत्पादक शक्ति र उत्पादन सम्बन्ध नकेलाई कृषिमा बृहत्तर सुधार हुँदैन । स्थानीय र प्रदेश सरकारले कृषिमा प्रभावकारी काम गर्न परम्परामा परिवर्तनको खाँचो छ ।
सुरेश ढकाल, समाजशास्त्री
Your review helps others make informed decisions
Click on a star to start your review