श्याम सिंचक सामाजिक यथार्थवादी लेखक हुन् । नेपाली समाजको ग्रामीण जीवन, समाजका विद्रूप पक्षहरू, वर्गसंघर्ष अनि आम मानिसका पीडा र आशाहरुलाई यसअधिका वलिता" र "रेमिट्ल्यान्ड' उपन्यासमार्फत् प्रस्तुत गरिसकेका सिघकको तेस्रो आख्यानकृति हो- "कोइलाखाव" ।
एक नेपाली युवा जो. लाहुर जाने सबै प्रक्रियाहरू समाप्त भइसकेपछि कोइलाखाव जान बाध्य हुन्छ र आर्थिक जीवन समृद्ध बनाउने सपनासहित कोइलाखानी पुगेका अन्य नेपालीहरूसित समाहित हुन्छ । "कोइलाखाव" उही युवाको माध्यमबाट भनिएको कथा हो र एक ऐतिहासिक कालखण्डमा नेपाली युवाहरूले आर्थिक उपार्जनका लागि गरेको वैवेशिक दुःख प्रेम र प्राप्तिको अवभूत आख्यान हो ।
भारत, मेघालयका खासी जातिको संस्कृति र परम्परासँग नेपाली संस्कृति र परम्पराले गरेको अन्तरघुलनका साथै नेपाली तथा खासी मान्यताहरूका भिन्नता र द्वन्द्वहरूलाई प्रेमकथामार्फत् एकाकार गर्दै तत्कालीन समाजको आर्थिक र सांस्कृतिक पक्षलाई पेचिलो गरी लेखिएको यो उपन्यासमा कोइलाखानी सञ्चालन र अन्त्यको इतिहाससमेत झल्किन्छ । जुनसुकै समाज पनि परम्परागत मूल्य र मानिसका अन्तरसंघर्षहरूद्वारा संकुचित भइरहेको हुन्छ र ती संकुचनहरूबाट मुक्ति प्राप्त गर्नका लागि प्रेम नै सबैभन्दा ठूलो शक्ति हो, भन्ने चिन्तन प्रस्तुत गर्ने सरल तर बिम्बयुक्त लेखनसहित पात्रहरूलाई जीवन्त बनाइएको 'कोइलाखाव' उपन्यास नेपाली आख्यानका लागि नयाँ सौन्दर्य हो ।
Your review helps others make informed decisions
Click on a star to start your review