Kirat - Limbu Sanskriti
Kirat - Limbu SanskritiKirat - Limbu Sanskriti

Kirat - Limbu Sanskriti

Manavshastriya Bibechana

किरात-लिम्बू संस्कृति: मानवशास्त्रीय विवेचना

Paperback
Rs 625 Rs 695
Currently not available.
Contact us for further queries.
Genre:Social & Cultural History
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937084475
ISBN10:9937084474

पुस्तकको बारेमा

इतिहास, संस्कृति र मानवशास्त्रीय अन्वेषणमा रुचि राख्ने सुब्बा पेशाले जनस्वास्थ्यविद् हुन् । गीतकारका रुपमा समेत परिचित उनका दर्जन बढी कृति प्रकाशित छन् । स्वास्थ्य मनोविज्ञानमा पिएच्.डी. हासिल गरेका सुब्बा जनस्वास्थ्य र नेपाली साहित्यका स्नातकोत्तर हुन् । उनले विश्वविद्यालयमा मानवशास्त्र, समाजशास्त्र, संस्कृति र जनसंख्या विषयमा पनि अध्ययन गरेका छन् ।
जिल्ला जनस्वास्थ्य अधिकृतिको रुपमा विभिन्न जिल्लामा तीनदशक बढी सेवा गरी हाल सेवानिवृत्त भएका उनले यस कृतिमा किरात लिम्बू मध्येको एक थर साँबा फयङलाई आधार बनाएर अध्ययन गरेका छन् । साथै किरात–लिम्बू सांस्कृतिक अध्ययनलाई मानवशास्त्रीय तथ्य सिद्धान्त र दृष्टिकोणद्वारा पर्गेल्न जोड दिएका छन् ।
सकारात्मकवादमा आधारित प्रस्तुत अध्ययनले सत्तामीमांसा र ज्ञानमीमांसालाई छर्लङ्ग्याइदिएको छ ।

पछिल्लो बाहिरी पृष्ठबाट

मुन्धुम, वेद, किरात–लिम्बू इतिहास र संस्कृतिका बारेमा प्रामाणिक तथ्यहरुको मानवशास्त्रीय कसीमा यति मिहीन ढङ्गले विश्लेषण गरिएको सम्भवतः यो पहिलो कृति हो ।

यसमा खस, धिमाल, भोटबर्मेली परिवारकाहरुसँगको तुलनात्मक अध्ययन पनि छ । ग्रन्थभित्र प्रचूर मात्रामा तथ्याङ्क प्रस्तुति, विश्लेषण तथा संश्लेषण गरिएको छ ।

गौरवशाली किरात–लिम्बू इतिहास र विशिष्ट संस्कृतिका बारे सरल भाषामा बुझ्न चाहनेहरुका लागि यो कृति अतिउपयोगी छ ।

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode