Khandahar Durbar
Khandahar DurbarKhandahar Durbar

Khandahar Durbar

खण्डहर दरबार

Paperback
Rs 472Rs 525
Genre:Crime Fiction
Language: Nepali
Published:April 13, 2023
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937958417
ISBN10:9937958415
Pages:244
Dimensions:5.236 x 8.266 x 0.67 inches
Weight:196 g

पुस्तकको बारेमा

दरबार हत्याकाण्डबारे थुप्रै पुस्तक बजारमा आएका छन्  तर यो पुस्तकले दरबार हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याएको छ । ठुलो षड्यन्त्र भयो दरबारमा; राजा वीरेन्द्रको वंश नाश गरियो तर दोष चाहिँ युवराज दीपेन्द्रमाथि थोपरियो जुन् कुरा जनताले पत्याउन सकेका थिएनन् । उपन्यासमा दरबार हत्याकाण्डमा नखुलेका रहस्य उजागर गरिएको छ।
उपन्यासले दरबार हत्याकाण्डको घटनालाई विस्तृत रुपमा बाहिर ल्याएको छ । खण्डहर दरबार नेपाली जनताले खोजेको पुस्तक हो । यसले आम जनतामाथि न्याय त गर्ने नै छ यसको साथै तत्कालीन युवराज दीपेन्द्रमाथि समेत न्याय गर्ने छ ।

पछिल्लो बाहिरी पृष्ठबाट

"कसरी भयो यो घर अलच्छिनी ? अलच्छिनी त त्यो हो, जसले मेरो छोरा बुहारीको हत्या गन्यो । नाति-नातिनी खायो । छोरी ज्वाइँलाई गोलीले उडायो । अलच्छिनी त्यो हो, त्यसलाई मारे पो पुरुषार्थी बनिन्छ । जनताले तँलाई धन्य राजा भन्छन् । यो विचरा ढुङ्गा माटोमा के दोष देखाउँछस् ?"

म यहाँ आएको दुई घण्टाभन्दा पनि बढी भयो । म यहाँ लास गनेर बसें । युवराज सरकारबारे अघि नै मलाई जानकारी गराउनुपर्दैन ? पहिल्यै भेन्टिलेटरमा राख्नसकेको भए बिरामीको अवस्था अहिलेसम्म अर्कै भइसक्थ्यो । यस्तै बेला त हो नि ए.डी.सी. चलाख हुने । पहिला मरेको लास देखाउने हो कि जिउँदो घाइते ? मलाई पहिल्यै खबर गर्न पर्दैन ?

केहीबेरपछि हेलिकप्टर तालमाथिको आकाशमा उड्न थाल्यो । उसले ताललाई दुई फन्को लगायो र अन्तिम फन्को लगाउँदै थियो त्यही बेला डालोबाट मकै पोखिएजस्तो सबै यात्रु पानीमा पोखिए । त्यहाँ हाहाकार भयो । चिच्याहट सुनियो तर पाइलटले हरेश खाएनन् । उनले हेलिकप्टरलाई सकुशल किनारमा उतारे । पाइलट आफू बचे साथै हेलिकप्टरलाई पनि बचाए तर यात्रुहरू बचाउन सकेनन् । तिनीहरू सबै पानीमा डुबे । त्यसमा प्रेक्षा पनि परिन् ।