Kanchha Maharani
Kanchha MaharaniKanchha Maharani

Kanchha Maharani

कान्छा महारानी

by Sheeba Shah, Translated by Saguna Shah
E-book
Rs 250
Paperback
Rs 445Rs 495
Genre:Historical Fiction
Language: Nepali
Published:August 16, 2020
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937734189
ISBN10:9937734185

पुस्तकको बारेमा

'कान्छा महारानी' आत्मवृत्तान्तको शैलीमा इतिहासको आख्यानीकरण हो । आख्यानकार शीवा शाहले इतिहास र आख्यानको मोहक वर्णन बुन्ने क्रममा अतीतको एउटा तिलस्मी कालखण्डमा जमेको समयको धुलो झारिदिएकी छिन् । नेपालको इतिहासलाई आफ्नो रङले पोतिदिएका दुई प्रभावशाली महारानीको कथा हो- 'कान्छा महारानी' । सत्ता र त्यसका वरिपरि रहेकाहरूको व्यक्तिगत स्वार्थ तथा चुलिएको महत्वाकांक्षाले कसरी सम्पूर्ण राष्ट्रको इतिहास र भविष्य निर्देशित हुन पुग्छ भन्ने कुराको खुलासा मात्र नभई यो आख्यान प्रेम र ईर्ष्याको ज्वलन्त द्वन्द्व पनि हो ।

यो उपन्यासले इतिहासको सबैभन्दा महत्वपूर्ण कालखण्डलाई आधार बनाएको छ, जस उपरान्त १०४ वर्षीय राणा शासनको सुरूवात हुन्छ । यो त्यो कालखण्डको कथा हो, जसबेला राजाको काँतर प्रवृत्तिका कारण राज्यको सार्वभौमसत्ता महारानीहरूको अधीनमा भएसाथै राजदरबारभित्र भारदारहरूमा अराजकता बढेको थियो, जसको फाइदा उठाएका थिए, वीर नरसिंह कुँवर उर्फ जंगले ।

सहोदर दिदी-बहिनी, बडामहारानी साम्राज्य लक्ष्मी र कान्छा महारानी राजेन्द्र लक्ष्मी (इतिहासमा राज्य लक्ष्मी) को सत्ताको उत्तराधिकारीका साथै आन्तरिक द्वन्द्व, ईर्ष्या, बहुलठ्ठीपन, प्रेम अनि कान्छा महारानीको पतनको कथा हो, यो ।

पछिल्लो बाहिरी पृष्ठबाट

'द अदर क्विन'मा शीवा शाहले षडयन्त्र, धोका र विश्वासघातले भरिएको ऐतिहासिक कालखण्डबारे महिलाको दृष्टिकोणबाट कथावाचन गरेकी छन् । उपन्यासकारले प्रमुख पात्र राजेन्द्रलक्ष्मीको आन्तरिक जीवनको सेरोफेरोमा एउटी महारानी र मुलुकको भाग्य कसरी एकापसमा गाँसिएको छ भन्ने कथा नाटकीय एवं चाखलाग्दो ढङ्गले प्रस्तुत गरेकी छन् । - मञ्जुश्री थापा

'सिनेम्याटिक' शीवा शाहले इतिहासलाई सूक्ष्म ढङ्गले आख्यानमा बुनेकी छन् । यो उपन्यासमा हामी एक असाधारण महिला पात्रको कथा पाउँछौं । 
- प्रज्ज्वल पराजुली

'कान्छा महारानी' पढिसकेपछि पाठकलाई यो किताब कतै पहिले नेपालीमै लेखिएर अङ्ग्रेजीमा अनुवाद भएको त होइन भन्ने लाग्न सक्छ । म यसलाई सगुना शाहको अनुवाद शिल्पको कमाल ठान्छु । नेपाली साहित्यले एउटा उत्कृष्ट उपन्यास पाएको छ। 
- विप्लव प्रतीक

काठमाडौंकी शीवा शाह हाल गोवा (भारत) मा रहेर अङग्रेजी नाटक मञ्चनमा सक्रिय छिन् । उनका बियन्ड द इलुजन र फेसिङ माई फ्यानटमस प्रकाशित छन् । कान्छा महारानी उनको उपन्यास द अदर क्विनको अनुवाद हो ।

सगुना शाह एक दशकदेखि अङ्ग्रेजी साहित्य र फ्रान्सेली भाषा अध्यापन एवं नेपाली रङ्गमञ्च र पठन संस्कृतिको प्रवर्धनमा सक्रिय छिन् । उनका निबन्ध, कविता, समालोचना र अनुवाद प्रकाशित छन् ।
 

RELATED BOOKS