Junga Bahadurko Jeevanyatra
Junga Bahadurko JeevanyatraJunga Bahadurko Jeevanyatra

Junga Bahadurko Jeevanyatra

जङ्गबहादुरको जीवनयात्रा

Paperback
Rs 405Rs 450
Genre:Biography: Historical, Political & Military
Language: Nepali
Published:2020
Edition:2nd
Paperback
Origin:Nepal
ISBN13:9789937593809
ISBN10:9937593808
Pages:293

पछिल्लो बाहिरी पृष्ठबाट

मेरो बुबाले आफ्नो यूरोप भ्रमणबारे एउटा डायरी जस्तो लेखोट छोडेर जानुभएको थियो । मूलतः त्यही डायरीमा मेरो यो कृति विवरणमा आधारित। छ । डायरीको रूपलाई परिवर्तन गरेर मैले वर्णनात्मक कलेवर दिएको छ। तर त्यसको मौलिक रूपलाई भने जस्ताको तस्तै प्रस्तुत गरेको छ । ध्वनिमा यो कति एसियाली भएकोछ, यसको कति भाव र कति सार छ, चित्र-वर्णनमा कति सरसता छ भन्ने विषयमा यस पञ्जिकामा टिपोट गर्नु निकै घतलाग्दो छ । वास्तवमा यो कुनै पनि यूरोपेलीले गर्ने भ्रमणको विवरण भन्दा सर्वथा भिन्न छ । यसकारण यूरोपेलीका लागि यहाँ वर्णन गरिएका विषयभन्दा अन्य विषयहरू रूचिकर लाग्छन् होला ।
-पद्मजङ्ग कुँवर (यसै पुस्तकबाट)

जङबहादुर राणालाई सधैं गाली गर्ने एउटा भाँडो मात्रै बनाइयो । मैले त इतिहासमा पृथ्वीनारायण शाहपछि 'ब्रिलिएन्ट' पात्रमा जङ्गबहादुर र वीपी कोइरालालाई मात्रै देखेको छु । गणेशमानजी र किसुनजीलाई म योग्य ऐतिहासिक पात्र मान्छु । जङ्गबहादुरका हकमा हामीकहाँ उनको पर्सेप्सन बल्ल बुझ्न थालिएको छ । कि बुद्ध बन्छु कि जङ्गबहादुर बन्छु भनेर बनाइएको स्लोगनमा पनि आआफ्नै बुझाइ होला । इतिहास बुझ्दा जङ्गबहादुरलाई मैले ब्रिलिएन्ट पाएको छु, सामान्य पर्सेसप्नभन्दा धेरै माथि ।
- सागरशमशेर

त्यतिबेला पूर्वी मुलुकमा यो विकार (हुकुमीतन्त्र) निरन्तर रहेकाले देश अन्धकारमय छ, जनता अशिक्षित छन् र हुकुमी शासनले छेलेर कुनै उज्यालो आउन सक्ने छैन । यस्ता कुरा पद्मजङले देखेजस्तो लाग्छ । उनी एक शिष्ट आलोचक वा सम्यक् दृष्टि भएका व्यक्ति हुन्, किनकि उनले अनावश्यक रूपले आफ्ना पिताजीको प्रशंसा गरेका छैनन् । पर्दा आलोचना पनि गरेका छन्- सत्य के हो भने जङ्गबहादुर र नेपाल सरकार यस कालखण्डमा अपरिवर्तनीय अवयव (अङ्ग) भएका थिए। 
-डा. गोविन्दराज भट्टराई