Jindagika Panaharu's front cover
Jindagika Panaharu's front coverJindagika Panaharu's back cover

Jindagika Panaharu

जिन्दगीका पानाहरु
Paperback
Rs 450
Genre:Fiction
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937095075
ISBN10:9937095077

पछिल्लो बाहिरी पृष्ठबाट

हिजोआज आत्मकथा प्रकाशनको लहड हेर्दा- यसमा आत्मरति वा आफूबाट आफैं तृप्त हुने आत्मनिष्ठाले गर्दा पाठकको अरुचि बढ्दो छ भन्ने गरिन्छ । 'जिन्दगीका पानाहरू' त्यस्तो छैन । गतिशील भएर पनि नदी वक्ररेखामा घुम्छ । प्रस्तुत आत्मकथाका देश-परदेश जहाँ-जहाँका कथ्यहरू भए पनि सूर्योदयमा गुलाफी किरणहरू जस्ता, गोधुली याममा बैजनी रङ्गी, अनि घनघोर रातमा स्वाट्ट ब्ल्याक होलमा पसे जस्ता छन् । रमाइलो भविष्यको आशा वा कल्पना नै सपना हो । तर यसको जन्म जाग्रत् स्वप्नमा हुन्छ । धेरै स्वप्नदर्शीहरू सोम शर्माको असफल कथा बुनिरहेका हुन्छन् भने आमा र कोपाबाट पूर्वीय पुराकथा रामायण, महाभारत, पुराण र किराती मिथबाट बाल्यावस्थामा नै प्रशिक्षित पाश्चात्त्य भाषाविद् विष्णु एस राईका 'जिन्दगीका पानाहरू' पटिंदै जाँदा महान् साहित्यकार बालकृष्ण महाकवि देवकोटाका शैशवकालीन परिकल्पनाहरूसँग मिल्दाजुल्दा देखिन्छन् । उनका चिन्तन प्रवाहमा आध्यात्मिक ऋषितुल्य पश्चिमी कवि विलियम वर्डस्वर्थको आकाश हाँस्छ, प्राकृतिक वन- जङ्गल, नदीनाला र समुद्रले साउती मार्छन् । अँधेरी रात सुरसा जस्तै डरलाग्दी, अनि जुनेली रात मातलाग्दी कामिनी जस्ती भएर...