Janayuddhaka Chithi's front cover
Janayuddhaka Chithi's front coverJanayuddhaka Chithi's back cover

Janayuddhaka Chithi

जनयुद्धका चिठी
Paperback
Rs 449
Genre:History
Language: Nepali

पुस्तकको बारेमा

जनयुद्ध नेपाली राजनीतिमा नेपाली श्रमिक जनताले लडेको भिन्न, उच्च एवम् गौरवपूर्ण लडाइँ हो । १० वर्षमा यसले निर्माण र विकास गरेका अनेकौं आयामहरू छन् । जसबारे कति उजागर भइसकेका छन भने कति क्रमशः हुँदै जानेछन् । ती कस्ता कस्ता थिए भन्ने तथ्य कमरेड आस्थाले सङ्कलन गरेका पत्रहरूमा पनि पाउन सकिन्छ। त्यसो त पत्रहरू आफैँ पनि जनयुद्धका मौलिक पक्ष हुन् । ती इतिहासका सम्पत्ति हुन् । तिनको सङ्कलन, संरक्षण र सार्वजनिकीकरण ज्यादै महत्त्व र ग्रहणीय विशेषता हुन्।

पछिल्लो बाहिरी पृष्ठबाट

व्यक्तिगत र पारिवारिक स्वार्थभन्दा माथि उठेर देश र जनताको मुक्ति, परिवर्तन र न्यायपूर्ण समाज निर्माणको सपनासहित समर्पित हरेक योद्धाका निम्ति पार्टी नै घर थियो, पार्टीका कमरेडहरू नै अभिभावक र परिवारका सदस्य थिए । आन्दोलन नै त्यस्तो मञ्च थियो, जहाँ वर्गीय प्रेम र आत्मीयताको उत्कर्ष प्रतिविम्बित हुन्थ्यो । अनुकूल र प्रतिकूल दुवै परिस्थितिमा एकअर्काका परिपुरक र प्रेरक भएर स्वतन्त्रताको दुनियाँमा पुग्ने आकाङ्क्षामा एकाकार हुनु क्रान्तिकारी योद्धाको दैनिकी हुन्थ्यो । रूँदारुँदै हाँस्ने र हाँस्दाहाँस्दै रूने युद्धमोर्चाका ती दिनहरू हरेक क्रान्तिकारीहरूका निम्ति प्रेरणादायी र भावी पुस्ताका निम्ति मागदर्शकसमेत थिए र रहनेछन् । महान् जनयुद्ध, जनआन्दोलन र विभिन्न आन्दोलनका तिनै सपना र जनभावनाहरू सम्बोधन गर्न वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित मुलुकमा आशाको नयाँ रक्तसञ्चार सिर्जना गर्न अहोरात्र क्रियाशील छ |