Delivery in 1-3 days
पुस्तकबाटः
एटिसीले आफ्नो कार्यकालमा कयौं घटना दुर्घटनाबाट हवाईजहाजलाई बचाएका हुन्छन् ।। तर ती कुनै पनि प्रकाशमा आउँदैनन् । तर एउटा सानो घटना हुन गयो कि अनेकौं हैरानी खेप्नुपर्छ।
नेपालको आन्तरिक हवाई सेवाको समीक्षा गर्दा निजी क्षेत्रको महत्त्वपूर्ण योगदानलाई बिर्सन सकिंदैन । निजी क्षेत्रको सहभागिताकै कारण आज नेपालको हवाई सेवा यहाँसम्म पुग्न सम्भव भएको हो।
अन्य क्षेत्रमा लागेर सम्पत्ति कमाएका व्यवसायी हवाई उद्योगको चकाचौंध र ग्ल्यामरबाट आकर्षित हुन्छन् । तर यसभित्रका जतिलतालाई सबैले पार लगाउन सक्दैनन । धेरैलाई कङगाल बनाई छाड्छ । त्यसैले त भन्ने गरिन्छ- तपाईं अर्बपति हुनुहुन्छ र करोडपति बन्न चाहनुहुन्छ भने एयरलाइन्स कम्पनी खोल्नुहोस ।
त्यो टवीनअटर आज सम्म पनि नेपाली आकाशमा सुरक्षित उडान भरीरहेको छ र दुर्गम क्षेत्रका जनतालाई निर्वाध सेवा उपलब्ध गराइरहेको छ । त्यो वायुयानको सम्झना आए पछि आज पनि मलाई मैले प्राण भरेको टवीनअटर जस्तो लागेर संतोष हुन्छ ।
Your review helps others make informed decisions
Click on a star to start your review