Hiunka Guchchaharu's front cover

Hiunka Guchchaharu

हिउँका गुच्छाहरु
Hiunka Guchchaharu's front coverHiunka Guchchaharu's back cover

Paperback

Rs 288

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

शिबु ढकाल पोखराका कर्मशील एक शिक्षक । एक कवि । कवितामा उनले हिउँका फूलहरू फुलाएर ती फूलका गुच्छा साहित्यमन्दिरमा अर्पण गरेका छन् । हिउँका फूलहरू हिउँकै सुन्दर तर चिसा हुन्छन् । पाठकले ती चिसा फूललाई मनको न्यानोमा माया गरेर राख्छन् । शिबुका फूलहरूमा सहस्राब्दीकी अनुसूया, अज्ञात शहीदकी श्रीमतीका गाथादेखि समकालीन जीवनका भाव र विचार, तत्क्षणिक विषय, मनोगत आकांक्षा र विसङ्गत अवस्थितिका शाब्दिक रङ्ग छन् । कथात्मक संयोजन छ । साहित्यको पावन हिमालय श्रृङ्खलाबाट उद्गमित उनको सारस्वत कविताधारा अरू विस्तारित आयाम लिएर निरन्तर प्रवाहित भइरहने विश्वास छ ।
-सरुभक्त

यहाँ सङ्ग्रहित शिबु ढकालका कविता उनले बाँचेको समयका बहुल विरोधाभास र न्यून सङ्गतिका मिसिल हुन् । विरोधाभासहरू बहुरूपी छन्- आडम्बरले दिएका, राजनीतिले संरक्षित गरेका, भ्रामक सङ्कथनहरूको संरक्षणमा हुर्किएका, आफन्त र प्रेमीहरूको भेषमा सलबलाएका अथवा विदेशको तातो भूमिमा खस्नासाथ उडिजाने पसिनाका थोपाहरूमा अल्झिएका र सङ्गतिको फेहरिस्त छोटो छ - सधैँ प्रेम फुलाउने गाउँजस्तो, अदृश्य सम्भावना फुलाएर बसेको घरदेशजस्तो, सहजतामा मात्रै होइन प्रतिकूलतामा पनि उभिने आफन्तजस्तो र कुनै तडकभडकबिना पनि माया साटिरहने प्रेमी-प्रेमिकाको प्रणजस्तो । कृतिकारको रूपमा नयाँ हुन् शिबु, तर लाग्दैन उनी कविका रूपमा नयाँ हुन् । गाउँप्रतिको विशेष अनुराग, सहर र विदेशमोहप्रतिको वितृष्णा, नदेखेको स्वर्गको भ्रमभन्दा पौरखले सिँगार्न सकिने धरतीप्रतिको अगाध आस्था, र आफ्नै कर्मबलमाथिको अटुट विश्वासले उनलाई धुवाँ र आगोको बीचमा उभिएर पनि बादल, फूल, प्रकाश र बर्सातको कल्पना गर्ने सकारात्मक कविको रूपमा उभ्याएको छ। उनी टुक्राटुक्रा आशा जोडेर विश्वासको एउटा विशाल आकाश बनाउने शिल्पकार हुन् ।
-महेश पौड्याल

All Editions

9789937969246
Paperback
ISBN13: 9789937969246
Page Turner Pvt. Ltd

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review