Delivery in 1-3 days
वेदका दुई भाग छन्- कर्मकाण्ड र ज्ञानकाण्ड । भारतवर्षको सौभाग्यले हो वा दुर्भाग्यले, आजभोलि कर्मकाण्ड हराउँदै गएको छ । दक्षिणका केही ब्राह्मणहरू कहिलेकाहीं अज-बलि दिएर यज्ञ गर्छन्; र विवाह, श्राद्ध आदिका मन्त्रहरूमा वैदिक कर्मकाण्डको आभास देखा पर्छ । अहिले त्यसलाई पहिलेकै जस्तो गरी पुनः प्रतिष्ठित गर्ने कुनै उपाय छैन । कुमारिल भट्टले एकचोटि प्रयास गरेका थिए, तर उनी असफल रहे । यसपछि आउँछ ज्ञानकाण्ड; जसलाई उपनिषद्, वेदान्त वा श्रुति पनि भनिन्छ । आचार्यहरूले उद्धृत गर्ने श्रुति-वाक्य उपनिषद्कै हुन्छन् । यही वेदान्त धर्म आज भारतवर्षको धर्म हो । यहाँ कुनै सम्प्रदायलाई आफ्नो सिद्धान्त दृढतापूर्वक स्थापित गर्नु छ भने उसले वेदान्तकै आधार लिनुपर्छ । द्वैतवादी होस् वा अद्वैतवादी, सबैले यसै आधारको शरण लिनुपर्ने हुन्छ । आफ्नो सिद्धान्तको सत्यता सिद्ध गर्न वैष्णवहरू गोपालतापनी उपनिषद्को शरण लिन्छन् । कुनै नयाँ सम्प्रदायले आफ्नो सिद्धान्त पुष्टि गर्ने वचन उपनिषद्मा पाएन भने नयाँ उपनिषद् बनाएर भए पनि प्राचीन उपनिषद् सरह व्यवहारमा ल्याउने प्रयत्न गर्छ । विगतमा यस्ता कतिपय उदाहरण देखा परिसकेका छन् । वेदहरूका सम्बन्धमा हिन्दूहरूको मान्यता के छ भने, यी कुनै व्यक्तिविशेषका रचना अथवा पुस्तक होइनन् । यी ईश्वरका अनन्त ज्ञानराशि हुन्, जो कुनै समयमा व्यक्त र कुनै समयमा अव्यक्त हुन्छन् । सायनाचार्यले एक ठाउँमा लेखेका छन्, “यो वेदेभ्योखिलं जगत निर्ममे" अर्थात्, जसले वेदज्ञानको प्रभावबाट सारा जगतको सृष्टि गरेका हुन् । वेदका रचयितालाई कहिल्यै कसैले देखेनन् । त्यसैले यसको कल्पना गर्न समेत असम्भव छ । ऋषिहरूले यी कुराहरूलाई प्रत्यक्षा गरेका मात्र हुन् । मन्त्रद्रष्टा ऋषिहरूले अनादिकालदेखि रहिआएका वेदको साक्षात्कार गरेका थिए।
Your review helps others make informed decisions
Click on a star to start your review