Himal, Sherpa ra Yeti's front cover

Himal, Sherpa ra Yeti

हिमाल, शेर्पा र यती
Paperback
Rs 275
Genre:Travelogue
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937939676
ISBN10:9937939674
Published: November 12, 2020
Edition:1

पुस्तकको बारेमा

हिमाल, शेर्पा र यती कवि तथा निबन्धकार भीष्म उप्रेतीको नयाँ नियात्राकृति हो । चालीसको दशकको प्रारम्भदेखि लेखन तथा प्रकाशन शुरु गरेका भीष्म उप्रेतीका कविता, नियात्रा–निबन्ध र उपन्यास गरी २१ वटा कृतिहरू प्रकाशित छन् । भीष्मको नियात्राको मात्र पुस्तक भने ६ वटा प्रकाशित छन् । यस हिमाल, शेर्पा र यती शीर्षकको नियात्राकृतिमा भीष्मले आयरल्याण्डका दुई पर्यटक साथीहरूसँग काठमाडौंदेखि सगरमाथा आधारशिविरसम्म गरेको यात्राको रोचक एवम् अनुभूतिले भरिएको वर्णन छ । साथै, यस किताबमा खुम्बु क्षेत्रका लोककथाहरूका साथै हिमाल आरोहणमा जाने शेर्पाहरूको जीवन, आरोहणको क्रममा भएका र हुने गरेका हिउँ पहिरो लगायतका जोखिम तथा दुर्घटनाहरू समेत विस्तृत उल्लेख गरेका छन् । यस पुस्तकको अध्ययनबाट निबन्धको स्वादको आस्वादन त हुन्छ नै, नेपालको हिमाली क्षेत्रको जनजीवन, हिमालका गाथाहरू तथा पदयात्रा र पर्वतारोहणका बारेमा अनेकौँ जानकारी एवम् ज्ञान प्राप्त हुन्छ । यस पुस्तकमा भीष्मले किम्बदन्तीको रूपमा हिमाली क्षेत्रमा रहेको यतीका बारेमा समेत केही उल्लेख गरेका छन् ।