Hattimathi ma's front cover
Hattimathi ma's front coverHattimathi ma's back cover

Hattimathi ma

हात्तीमाथि म
Paperback
Rs 80
Currently not available.
Contact us for further queries.

पछिल्लो बाहिरी पृष्ठबाट

२०७० साल फागुनमा बालसाहित्यका स्वदेशी तथा विदेशी लेखकहरूको कार्यशाला भएको थियो । यसको संयोजन कथावाचक समाजले गरेको थियो । यो पुस्तक त्यसै कार्यशालाको उत्पादन हो । यो चित्रकथा ३ देखि ५ वर्षसम्मका बालबालिकालाई पढेर सुनाउनका लागि तयार गरिएको हो । ६-७ वर्षका भएपछि यसलाई उनीहरू आफैँले पढ्न सक्ने छन् । यसको परिष्कार तथा परिमार्जनमा डेनिस लेखक स्याली अल्सुलरको महत्त्वपूर्ण भूमिका रहेको छ ।

लेखन: राजेन्द्रभक्त जोशी
जन्म स्थान : काठमाडौँ

वि.सं. २०२४ फागुन २० गते जन्मेको जोशीको 'रिज्माको बोल्ने पुतली', 'सुनु र सुगा', 'मालतीको जुत्ता', 'अल्छीको बल्छी' जस्ता बालसाहित्यिक कृति प्रकाशित छन् । उनका 'हुर्रे', 'खन्ने जमात', 'सानीको गाग्री', 'खै मेरो खेलौना' नामक कृति पनि प्रकाशोन्मुख छन् । उनी नेपाल बालसाहित्य समाजका आजीवन सदस्य, कथावाचक समाजका सस्थापक कोषाध्यक्ष तथा स्वर्णिम साहित्य प्रतिस्थानका कार्यसमिति सदस्य पनि हुन् ।

चित्राङ्कन ईशान परियार
जन्म स्थान : बाग्लुङ

धेरै पुस्तकमा चित्राङ्कन गरेका परियारको जन्म २०४१ साल साउन ३ गते बाग्लुङमा भएको हो । चित्रकला विषयमा एम.एफ.ए गरेका परियारले नेपाल र विदेशमा समेत आफ्नो चित्रकाला प्रदर्शनी गरेका छन् । उनले यसअघि 'कप्तान कुक', 'गुँडबाट झरेको बचेरो', 'घुम्न गयो मेरो भाइ', 'मेरो काखमा बहिनी', 'पछुतो' लगायत धेरै बालपुस्तकमा चित्राङ्कन गरिसकेका छन् । उनले 'सीताश्री प्रतिभा पुरस्कार', 'प्रशान्त स्मृति छात्रवृति' जस्ता सम्मान र पुरस्कार पाएका छन् ।