Hamra Kavi Ra Sahityakar's front cover

Hamra Kavi Ra Sahityakar

हाम्रा कवि र साहित्यकार
by Manjul, Illustrated by Suresh Kumar Dyola
E-book
Rs 190
Paperback
Rs 275
Genre:Songs & Lyrical Poems
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937709644
ISBN10:9937709644
Pages:120
Published: June 15, 2020

पुस्तकको बारेमा

"...म कवि हुँ 

मलाई जुन जातिको जुन मानिसले छुन्छ 

जुन देशको जुन मानिसले छुन्छ - म त्यसैको हुन चाहन्छु 

म त्यही हुन चाहन्छु 

चाहना यति हो मैले छाएकोले पनि आफूलाई सम्पूर्णताको एउटा अंश सोचिदेओस्"

पछिल्लो बाहिरी पृष्ठबाट

मेघराज शर्मा, साहित्यिक नाम मञ्जुलको जन्म फागु पूर्णिमाको दिन गोगने भोजपुरमा भएको हो । उहाँका सम्झनाका पाइलाहरु (संस्मरण, २०७६-दोस्रो संस्करण), कोरियामा भ्रमणमा लेखिएका कविताहरू (नेपाली र कोरियन भाषामा २०७६), छेकुडोल्मा (उपन्यास, २०६८-दोस्रो संस्करण), छेकुडोल्मा (उपन्यास, सन् २०१३-नर्वेजियन भाषामा अनुवाद) लगायत थुप्रै कृतिहरू प्रकासित भइसकेका छन्। उहाँले देवकोटा काव्य पुरस्कार (२०७३), छिन्नलता पुरस्कार (सन् २०१०), साझा पुरस्कार (२०५५), शिक्षा परस्कार (सन १९९६), सिद्धिचरण काव्य पुरस्कार (२०५१), व्यथित काव्य पुरस्कार (२०४०) लगायत थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गरिसक्नुभएको छ । उहाँ हाल ललितपुरको सातदोबाटोमा बस्नुहुन्छ ।

सुरेश कुमार द्यःलाको जन्म सन् १९७४ मा ठटी टोल, लगनखेल, ललितपुरमा भएको हो । उहाँ एक कुशल चित्रकार हुनुहुन्छ । उहाँले चित्रकलामा स्नातक गर्नुभएको छ । २०५८ सालमा चारकोलको माध्यमबाट ३५ वटा विशुद्ध नेपाली मुहारचित्र 'Mirror of Nepalese People' नामक एकल प्रदर्शनी गरेका उहाँले २०६० सालमा चारकोलकै माध्यमबाट 'चित्रमा हाम्रा कवि र साहित्यकार' नामक दोस्रो एकल प्रदर्शनी गरी 'चित्र कवि' उपनाम पाउन सफलभएका थिए । उहाँले हालसम्म एकल तथा संयुक्त गरी थुप्रै चित्रकला प्रदर्शनी गरिक्नुभएको छ। उहाँले 'क्यान कला पुरस्कार' (२०७४), भानुभक्त मुहारचित्र प्रतियोगिता'(२०४५-प्रथम) गरी विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ ।