Gulafsangako Prem
Gulafsangako PremGulafsangako Prem

Gulafsangako Prem

गुलाफसँगको प्रेम

E-book
Rs 200
Paperback
Rs 315Rs 350
Genre:Fiction
Language: Nepali
Published:January 2019
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937053099
ISBN10:9937053099
Pages:164
Weight:150 g

पुस्तकको बारेमा

२० वटा कथाहरु संकलन गरिएको ‘गुलाफसँगको प्रेम’ कथा सङ्ग्रह बिम्बात्मक कथाहरुको संकलन हो । ‘गुलाफसँगको प्रेम’ देशभित्र र देशबाहिर उभिएको वर्तमान जीवनशैलीको एउटा यस्ताे दस्तावेज हो जुन पढेर पाठकहरूमा जीवनका धेरै पहलुहरूको पत्ता खुल्दैजाने छन् ।

प्रेम, समर्पण, मित्रता, तिक्तता, धोका, सङ्घर्ष, सफलता, विफलताजस्ता वैयक्तिक जीवनका भोगाइलगायत विषयवस्तुमाथि केन्द्रित कथामा मूलतः नारी मनका खुसी र पीडालाई मिहीन रूपले केलाइएको पाइन्छ भने पुरुष अहङ्कारको विकार तथा सङ्कीर्ण मनोवृत्तिको समेत स्वेच्छाले चित्तबुझ्दो ढङ्गले चिरफार गरेकी छन् । 

साहित्यमा सानैदेखि रूची राख्ने डा. संगीता स्वेच्छाको 'गुलाफसँगको प्रेम' भन्दा अघि 'पखालिएको सिउँदो' उपन्यास र 'असहमतिका पाइलाहरू' संयुक्त कथा सङ्ग्रह प्रकाशित छन् । स्वेच्छाको दोस्रो उपन्यास प्रकाशोन्मुख छ । विभिन्न पत्रिका, किताब तथा बेबसाइटमा स्वेच्छाका कथा, कविता तथा गजल प्रकाशित छन् । उहाँका कविता तथा कथाहरू एफ. एम. रेडियाे, रेडियो नेपाल तथा नेपाल टेलिभिजनका साहित्यिक कार्यक्रमहरूमा समेत प्रशारित छन् । बेलायतको सर्रे युनिभर्सिटीबाट वातावरण संचारमा विद्यावारिधि गर्नुभएकी स्वेच्छाले त्रिभूवन विश्वविद्यालयबाट मानवशास्त्रमा स्नाकोत्तर र अष्ट्रेलियाको होमस्ग्लेन  इन्स्टिच्युटबाट सफ्टवेयर डेभलपमेन्टमा डिप्लोमा गर्नुभएको छ । 'नेपाल विद्याभूषण-२०१४' तथा 'महेन्द्र विद्याभूषण-२०००' बाट विभूषित स्वेच्छा हाल बेलायतको अक्सफोर्ड स्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इनास्पमा संचार संयोजकको रूपमा कार्यरत हुनुहुन्छ ।