Gorkhe

Gorkhe

Paperback
Rs 450Rs 500

पुस्तकको बारेमा

गोर्खे’ विदेशमा काम गर्ने नेपालीको अर्को नाम पनि हो । देवकोटाको मदन रुपियाँ कमाउन ल्हासा गएको थियो । देवकोटा स्वयम् पनि केही समय भारतको वनारसमा बसेर जीविका चलाएका थिए । प्रस्तुत उपन्यासको गोर्खे जागिर खान भारतको नागालैन्ड गएको छ । यसका उपन्यासकार स्वयम् पनि जागिर खानका लागि अफ्रिकातिर पुगेका छन् । पहिले छिमेकका ल्हासा र भारततिर काम खोज्न जाने नेपाली अहिले संसारको जुनसुकै कुनामा पुग्न विवश छन् । त्यसैले नेपाली जीवनको कथालाई कि त मुनामदनका रूपमा भन्नुपर्छ कि त गोर्खेका रूपमा भन्नुपर्छ । यस उपन्यासमा गोर्खेका रूपमा नेपाली जीवनको कथा भनिएको छ । रमाइलो संयोग भनौँ, उपन्यासकारका बाबुको बोलाउने नाम पनि ‘गोर्खे’ हो र यसमा उपन्यासकारले आफ्नै बाबुको कथा भनेको जस्तो पनि देखिन्छ । हुन सक्छ, उपन्यासकारले आफ्ना बाबुको वास्तविक भोगाइलाई उपन्यासमा भनेका हुन् । तर त्यो भोगाइ, त्यो कथा कुनै एक व्यक्ति विशेषको मात्रै चाहिँ हुँदै होइन । यहाँ गोर्खे कथालाई जोड्ने माध्यम मात्रै हो । उसका माध्यमबाट यसमा एउटा युगको, एउटा पुस्ताको जीवन्त कथालाई बडो कलात्मक तरिकाले उपन्यासीकरण गरिएको छ । नेपालको गुल्मी, बुटवलदेखि भारतको आशसाम, नागालैन्डसम्मको स्थानीय रङ्गका पृष्ठभूमिमा झन्डै एक शताब्दीको नेपाली राजनीति, समाज, संस्कृति, आर्थिक प्रणाली, मनोविज्ञानको कलात्मक प्रतिबिम्बन यसमा पाइन्छ । एउटा सुन्दर उपन्यास कृतिका लागि उपन्यासकारलाई धेरै धेरै बधाई !