Ghaite Pandulipi
Ghaite PandulipiGhaite Pandulipi

Ghaite Pandulipi

घाइते पाण्डुलिपि

Paperback
Rs 400
Genre:Stories
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937743372
ISBN10:9937743370

पछिल्लो बाहिरी पृष्ठबाट

अकस्मात् सुइँय्यँ गर्दै आकाशबाट पृथ्वीमा झरेको एउटा

अतारोमा सुरभिको आँखा पन्यो । तिनले त्यसलाई अशुभ सङ्केत

ठानिन् । तिनले शिर उठाएर आकाशमा हेरिन् । तिनलाई आकाश टाढा हुँदै गएको जस्तो लाग्यो । प्रत्येक रात सघन तमिस्राको आवरणमा पृथ्वीलाई भोगिसकेपछि आकाश त्यसरी छुट्टिएर टाढा हुने गर्छ । तिनलाई यस्तो पनि लाग्यो, एउटै तारोको स्खलनपछि पृथ्वी भोग्न असमर्थ भइसकेको आकाश पृथ्वीको अँगालोबाट फुत्केर भेट्टाउनै नसक्ने गरी टाढा भइसकेको छ । अर्को रातका लागि शक्ति सञ्चय गर्न आकाश त्यसरी उम्केर टाढा हुने गर्छ । अब आफ्ना सारा चन्चलता र चपलता गुमाइसकेकी पृथ्वी शान्त, सन्तुष्ट र स्थिर छिन् । अनायास एउटा त्रासलाग्दो आशङ्का र कल्पनाले सुरभिलाई भयभित तुल्यायो । तिनकी छोरी कृष्टी पनि पृथ्वी भइरहेकी अथवा भइसकेकी होली । ऊ पनि आफ्ना सारा चन्चलता र चपलता गुमाएर शान्त, सन्तुष्ट र स्थिर भइसकेकी होली । अब सुरभिले चिन्ता नलिए पनि हुन्छ ।