Delivery in 1-3 days
यस पुस्तकमा बुद्धको सम्पूर्ण जीवनी र दर्शन सरल भाषामा समेटिएको छ । यसमा भएका सामग्री थेरवाद (हीनयान)लाई आधार बनाएर सङ्कलन गरिएका हुन् । महायान सम्प्रदायका ग्रन्थको यसमा न्यूनतम प्रयोग गरिएको छ ।
सामान्य दृष्टिकोणबाट हेर्दा बुद्धको जीवनमा आम पाठकलाई विश्वास गर्न गाह्रो हुने चमत्कारहरू घटेका पाइन्छन् । ती घटनालाई यसमा सम्मिलित गरिएको छैन | बुद्ध स्वयम्ले आफ्ना शिष्यलाई लोकोत्तर शक्तिहरू प्राप्त र तिनको प्रदर्शन गर्नमा आफनो शक्ति अपव्यय नगर्न भनेका थिए ।
पुस्तकमा ती विषम स्थिति अवश्य समावेश गरिएका छन्, जुन त्यस समयमा सामाजिक परिस्थिति र उनका आफ्ना शिष्यद्वारा उनीसमक्ष उपस्थित भएका थिए ।
प्रत्येक मानवलाई आफूमा बुद्धत्व प्राप्तिको क्षमता हुन्छ भन्ने लाग्न सकोस् र अगाडि बढ्न निरन्तर प्रेरणा मिलोस् भन्ने उद्देश्यले पुस्तकमा बुद्धलाई सामान्य मानवसमान प्रतीत गराइएको छ ।
Your review helps others make informed decisions
Click on a star to start your review