Delivery in 1-3 days
एक मुठीको ज्यान भएकी एउटी सानी नानी त्रिविको एमबिए परीक्षामा फ्याकल्टी टप गरेर चर्चामा आइन् । नबिल बैंकको अधिकृत परीक्षामा धेरैलाई उछिनेर आकर्षक जागिर हात पारिन् । यिनै खिरिली नानीले नियात्रा पनि लेख्न थालिन् रे भन्ने सुनेपछि म झनै खुशी भएँ । अलिपछि जब भूमिका लेखिदिने आग्रहका साथ प्राप्त भएको इ - पाण्डुलिपि पढ़ें, तब भने यी 'सानीमान्छे' भित्र अटाएको विशाल भाषिक क्षमता देखेर म आफैँ छक्क परेँ । 'गणतन्त्र' अर्थात् जहाँ कोही कसैको नायक छैन, सबै 'छाडा' छन् र सबै जुका रगत चुस्न पूर्ण स्वतन्त्र छन् । ती सुन्दर फूलबारीमा बसेका छन् र आआफ्नै सिंहदरबारमा मस्त छन् ।
यी ज्यानकी 'सानी' मान्छेलाई लेखनको क्षेत्रमा 'ठूली' मान्छे बनाउने लक्षण यही सानै किताबले देखाइसकेको छ । आखिर गीताञ्जली आकारमा कत्रो नै छ र ? द ओल्ड म्यान एण्ड द सी कति नै ठूलो छ र ? सिद्धार्थ कति नै पृष्ठको छ र ?
अङ्ग्रेजी माध्यमबाट शिक्षा हासिल गरेकी यिनको नेपाली भाषामाथिको यो तहको पकड देखेर म मात्र होइन, तपाईं पनि छक्क पर्नुहुनेछ ।
- प्रतीक ढकाल
Your review helps others make informed decisions
Click on a star to start your review