Delivery in 1-3 days
लेखक परिचय
घाँसे बाली तथा चरन सम्बन्धी स्नातकोत्तर न्युजिल्याण्डको मेसी युनिभर्सिटीबाट गर्नुका साथै "हाई अल्टिच्यूड पाश्चर एण्ड फडर रिसर्च" मा पोष्ट ग्य्राजुएट गर्नु भएका लेखकले पशु सेवा विभाग अन्तरगत विभिन्न कार्यालयहरूमा उच्च पदमा कार्यरत रहनुका साथै विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूमा लाइभष्टक एक्सपर्टको रूपमा आवद्ध भई चार दशकभन्दा बढीको अनुभव संग्लाल्नु भएको छ ।
तराई, मध्यपहाड तथा हिमाली क्षेत्रमा लगाइने घाँसे बाली तथा चरन खर्कहरूको
विस्तृत अध्ययन, विश्लेष्ण, संरक्षण र विकासमा महत्वपूर्ण योगदान पुयाउनु
रामेश्वर सिंह पाण्डे भएका लेखकले घाँस विकास तथा बीउ वृद्धि फार्म, जनकपुर कबुलियती वन तथा चरन विकास आयोजना, काठमाडौं रसुवा चरन विकास फार्म, धुन्चे चरन तथा पशु आहारा कार्यक्रमका संस्थापक प्रमुख उत्तरी भेग चरन विकास आयोजना, हरिहर भवन यूयन / एफएओ, हिमालयन फडर एण्ड पाश्चर रिसर्च नेटवर्क (पाकिस्तान, भुटान, इन्डिया, नेपाल) को कार्यक्रम प्रमुखको हैसियतमा आफ्नो ज्ञान र सीप साट्नु भएको छ ।
घाँस तथा चरन विकासको क्रममा नेपालका प्राय सबै जिल्लाहरू तथा हिन्दूकुश हिमालय श्रृंखलाका अधिकांश चरन खर्कहरूको अध्ययन भ्रमण गर्नु भएका लेखकका घाँसेबाली तथा चरन विकास सम्बन्धी दर्जन पुस्तकहरू तथा सय भन्दा बढी प्राविधिक तथा अनुसन्धानात्मक लेख, रचनाहरू प्रकाशित छन् ।
लेखकद्वारा लिखित “नेपालमा पशु आहारा तथा चरन विकास, २०५४” घाँसे बाली सम्बन्धी लेखिएको पहिलो नेपाली पुस्तक हो । त्यस्तै "Fodder & Pasture Development in Nepal, 1997" कृषि र पशु विज्ञान अध्ययन संस्थान, त्रि.वि. मा स्नातक तहको पाठ्यक्रममा पनि समावेश गरिएको छ । नेपालमा घाँसेबाली तथा चरन खर्क विकासको क्षेत्रमा लेखक प्रवर्तक तथा पिता मानिनु हुन्छ । राशि पाण्डेको नामबाट लेखकका कथासँग्रह, कविता तथा लेखहरू पनि प्रकाशित छन् ।
Your review helps others make informed decisions
Click on a star to start your review