Firdosko Saacho's front cover

Firdosko Saacho

फिर्दोसको साँचो
Firdosko Saacho's front coverFirdosko Saacho's back cover

Paperback

Rs 499

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

अँध्यारामा हुर्किन नपाएको सत्यजस्तै र भुङ्ग्रोभित्रको लुकेको फिलिङ्गोजस्तै उनका कथामा एक महाप्रहेलिका लुकेको थियो ।
उनले एक्कासि टर्च बाले । कट्टु खोलेर आफ्नो त्यो हेरे ।
सप्रेको कुनै खुम्रेकिरोभन्दा ठुलो थिएन उनको त्यो । उनी एकाएक खिन्न भए र खुइय गर्दै उनले लामो सास तानी बाहिर फाले । उनले माइलीको जिउडाल सम्झे, बैँस सम्झे, उमेर सम्झे, अनि चक्रेलाई सम्झे र आफूलाई पनि सम्झे ।
उनलाई एकाएक आफू माइलीको महाअपराधीजस्तो लाग्यो । उनलाई एक निमिष पनि बाँच्छु जस्तो लागेन । उनलाई पासो लागी क्षणमै मरुँ जस्तो लाग्यो । उनले आफैँले आफैँलाई धिक्कार्नु धिक्कारे | उनलाई माइलीको सिउँदो भर्ने आफ्नो हातै काटेर फालूँ जस्तो लाग्यो ।
आफ्नो कारणले माइलीलाई कारागारमा बन्धक बनाई राखी सजाय दिएजस्तो लाग्यो । उनलाई आफू पुरुषको खोलभित्र नपुंसकको जुलुङ्गो ठिङ्ग उभिएजस्तो लाग्यो ।
एक्कासि उनलाई चक्रे आफ्नै अँध्यारो कोठाभित्र घाम बास माग्दै आएजस्तै लाग्यो ।

All Editions

9789937963671
Paperback
ISBN13: 9789937963671
Indigo Ink, 2025

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review