Delivery in 1-3 days
मधुवन पौडेलका कथामा भाषा, अभिव्यक्तिको रोचकता, बोझिलो नभइकन च्वास्स छुने मनोविश्लेषण हुन्छ । कथाका पात्रहरूका घटना र प्रतिकृयालाई सरलताका साथ हात लिने राम्रो कौशल उहाँमा छ । सामाजिक तवरमा मर्यादित, आकर्षक तवरमा कथा प्रारम्भ गर्ने पद्धति आदि पौडेलको लेखकीय र कथाकार व्यक्तित्व हो।
-मदनमणि दीक्षित, साहित्यकार
मधुवन पौडेल मानवतावादी आचरणका कथाकार हुन् । उनका विदेशी परिवेशमा लेखिएका कथाहरूले समेत मानवीय सूत्रहरूलाई प्रेषित गर्दछन् । मधुवन पौडेल जीवनको विसङ्गतिपूर्ण नियतिमा विश्वास गर्छन् ।
-प्रा. डा. दयाराम श्रेष्ठ
मधुवनको कथाकलाभित्र पात्रको यौनिक चरित्र, चिन्ता र त्यसको उपभोगको जीवन्तताले प्रत्येक पाठकलाई छुन्छ । ती मनोविज्ञानको अन्तर्तह उधारेर बुनिएजस्ता लाग्छन् ।
-प्रा. डा. गोविन्दराज भट्टराई
मधुवन पौडेल मानव मनमा उद्वेलित अन्तरद्वन्द्वका सफल कथाकार हुन् । ....कथाहरू मसिना हुन्छन्, छोटा हुन्छन् आफ्नै कलेवरमा तर एकदम मीठा र रसिला ! हरेक कथाको शीर्षक र निष्कर्षमा तारतम्य मिलाउनमा बढी सतर्क देखिन्छन् ।
-प्रा. डा. रामदयाल राकेश
Your review helps others make informed decisions
Click on a star to start your review