अराजकताको दलदलमा देश फसिरहेको देख्दा पनि,
परचक्रीले चारै दिशाबाट डसिरहेको देख्दा पनि,
सरकार जनताको गलामा पासोको डोरी कसिरहेको छ,
तै पनि निरीह जनता चुपचाप दुलोभित्र बसिरहेको छ !
***
किन बोल्दैन कोही यहाँ अन्यायको विरुद्धमा ?
किन होमिँदैन कोही यहाँ सुशासन ल्याउने युद्धमा ?
कति सुत्छौ अझै तिमी अब त निकै ढिलो भैसक्यो,
कुर्दा कुर्दै दशकौँ अनि तीन पुस्ता पनि गैसक्यो !
***
आवाज हुन् यी कविता मेरा तिम्रा ती सुप्त कर्णलाई,
आह्वान हो यो मेरो चारै जाति अनि छत्तीस वर्णलाई,
संसार अगाडि भागिसक्यो, हामी पछाडि छाडियौं सदा,
चल्दैन देश यसरी अब उठाऊ सुदर्शन चक्र र गदा !
***
राष्ट्रको माया छ भने गरौं एक दृढ कबुल यहाँ,
उठ, आऊ एक बनी फुकौं विद्रोहको बिगुल यहाँ !
Your review helps others make informed decisions
Click on a star to start your review