तिम्रो व्यस्त शहरमा एक मस्त-ओ-अलमस्त कविको आगमन
भएको छ : मुकुल दाहाल, जसलाई पढेर तिमी आनन्दित
हुनेछौ । प्रफुल्लित-ओ-प्रफुल्लित भइजानेछौ–
जो
भग्न समयलाई
मग्न अस्तित्वको लोकगीत सुनाउँछ
जो
जिन्दगीको मलामी जाँदा
मृत्युको शोकगीत गुनगुनाउँछ
प्रिय जिन्दगी !
तिमी हिंड्ने सुनसान गल्लीको काव्य-ओ-मञ्जूषामित्र मैले
दाहालीयन-किताब राखिदिएको छु । फुर्सदमा त्यो काव्य-
मञ्जूषा खोल्नू–
जुनेली रातको एकान्तमा –एक अस्तित्व आलाप– सुन्नू !
एक प्रेमिल कविको स्वप्निल एकालाप गुनगुनाउनू !
- उही
तिम्रो भलो चिताउने
मृत्यु अर्थात् कुमार नगरकोटी
Your review helps others make informed decisions
Click on a star to start your review