Drishya Pralekh's front cover

Drishya Pralekh

दृश्य प्रलेख
Drishya Pralekh's front coverDrishya Pralekh's back cover

Paperback

Rs 555

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

गोपालचन्द्र भट्टराई नेपाली साहित्यमा अत्यन्त उत्साहसाथ संलग्न हुनुहुन्छ । वैचारिक, भाषिक, शैलीगत परिपक्वताको ठ्याक्कै दैलोमा उभिनु भएको छ उहाँ । उहाँको उत्साह देख्दा लाग्छ, उहाँले यो दैलो कुनै पनि बेला नाघ्नु हुनेछ । केही स्मानी र केही समाज-चेतनाको जगमा उभिने प्रयासरत् उहाँका कथामा त्यो छनक स्पष्टतः देखिन थालेको छ । बधाई उहाँलाई ।
-नयनराज पाण्डे
आख्यानकार

गोपालचन्द्र भट्टराईको कथा सङ्ग्रह “दृश्य प्रलेख " का कथा छोटा छन्, मिठा छन् र छ्न धारिला । कथा पढ्नलाई सहज छन्, तर पढिसकेपछि संवेदनशील बनाउछन् र पाठकलाई भावनात्मक ज्वरो आउछ, जसरी कथाका पात्रहरूलाई आइरहेको हुन्छ ।
-बुद्धिसागर 
लेखक

सामान्यझैँ लाग्ने विषयको उठानसँगै अघि बढ्ने गोपालचन्द्र भट्टराईका कथाहरूले समाजका हर कुनामा विद्यमान् विसङ्गतिपूर्ण प्रवृत्तिमाथि चनाखो दृष्टिकोण प्रस्तुत गर्नुका साथै मानिसभित्रका अनेक विकारमय वैचारिकीको रौंचिरा विश्लेषण गर्दछन् । ‘डण्डिफोर' कथाले भण्डाफोर गरेको पुरुष मानसिकतादेखि 'चञ्चली' भित्र उजागर भएको जसबिरेपना सर्वत्र व्याप्त छ । तथापि लेखक आशायुक्त आगतको कामनासहित महिलापात्रभित्रको जोधाहपन अघि सार्दछन् । जरुरी त्यसैको छ । उनी मानिसभित्र लिसोजस्तै टाँसिएको दुष्प्रवृत्तिमाथि जबरजस्त प्रहार गर्छन् । पुरुष मनोविज्ञानका केही पाटाहरू उजागर भएका उनका कथाहरूमा युद्धकालीन त्रासदीका केही बाछिटा पनि परेका छन् । सामयिक चेहरा र रङहरूले पोतिएका भट्टराईका कथाहरू हाम्रै सामाजिक र मानसिक पर्यावरणका प्रलेख हुन् ।
-कुमारी लामा 
निबन्धकार, समालोचक

All Editions

9789937340335
Paperback
ISBN13: 9789937340335
Shikha Books, 2024

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review