Dilli Samjhauta's front cover

Dilli Samjhauta

दिल्ली सम्झौता
Dilli Samjhauta's front coverDilli Samjhauta's back cover

E-book

Rs 50

Paperback

Currently not available.

Request this book
Edusanjal
5.0

शिक्षा पत्रकारका रूपमा स्थापित प्रकृति अधिकारीले एसएलसीको इतिहास र राणाकालीन शिक्षापछि दिल्ली सम्झौता शीर्षक पुस्तक लेखेका छन् । यो उनको तेस्रो पुस्तक हो । राणाकाल र शाहकालका घटनालाई बुन्दै विभिन्न ३० वटा सामग्री दिल्ली सम्झौतामा समावेश गरिएको छ । यसमार्फत इतिहास, राजनीति, कूटनीति, शिक्षा, समाज, मनोरञ्जन लगायतका विधामा कलम चलाएका छन् । चर्चित दिल्ली सम्झौता कागजी रूपमा भएको हो त ? वा थिएन ? यसमा तिनै कुरा समावेश गरिएको छ । गोरखापत्र दैनिकमा आबद्ध लेखक अधिकारीले गोरखापत्रको शनिबार विशेषाङ्कमा छपाएका लेखहरूको सङ्ग्रह हो दिल्ली सम्झौता । यस पुस्तकमा उल्लेखित कतिपय विषय र दस्तावेज पाठकका लागि नयाँ हुनसक्छन् । हुन त लेखकले पुस्तकमा इतिहासकार वा कूटनीतिज्ञका लागि यो पुस्तक होइन भनेका छन्, त्यसमा चासो राख्न चाहनेहरूका लागि हो भनेका छन् । यो पुस्तक पढेपछि त्योबेलाको समाज र तिनका दृश्य पाठकको आँखा वरिपरि घुम्न थाल्छ । पत्रकारिता शैलीमा लेखिएको यो किताबमा त्योबेलाको ‘हुकुमी’ तन्त्रको वास्तविकता बुझ्न पनि पाइन्छ । विद्यालय तहमा सामाजिक विषय अध्यापन गर्ने शिक्षकका लागि महत्त्वपूर्ण सन्दर्भ सामग्री हुनसक्छ ।
यो पुस्तक एडुसञ्जालले प्रकाशन गरेको हो ।

All Editions

9789937176736
Paperback
ISBN13: 9789937176736
Edusanjal

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Reader Reviews

5.0
PT
Pratap Titung
October 9, 2025

payment method esewa ra anya nepalamaa available payment gateway haruko pani hunuparyo..

RS
Rajendra Sapkota
January 28, 2025