Genre: | Non-fiction |
---|---|
Language: | Nepali |
Published: | November 2021 |
Edition: | 1st |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937734844 |
ISBN10: | 9937734843 |
यो पुस्तक नागरिकता, सम्पतिमाथिको अधिकार, महिला विरूद्धको हिंसा, श्रमिक महिलाका अधिकार सहित नेपालमा महिला अधिकारका लडाइँको एउटा दस्तावेज हो ।
नेपाली राजनीतिमा एउटा विद्रोही आवाज हो विन्दा पाण्डे । पार्टीभित्रको अन्तरसङघर्ष होस् वा सदनका संसदीय क्रियाकलाप, सधै प्रस्ट र सशक्त आवाज बलन्द गर्ने पाण्डेका खास मुद्दा "श्रमिक" र "महिला" हुन् ।
किशोरवयदेखि नै समानता को विशिष्ट उद्देश्यसाथ कम्युनिस्ट आन्दोलनसँग जोडिएकी पाण्डेले यस पुस्तकमा आफ्नो राजनीतिक यात्रासँगै आफूले उठाएका मुद्दाबारे विस्तार गर्नुभएको छ । राजनीतिक यात्रामा जोडिएका तर हामीले नाम नसुनेका, बिर्सिएका, दस्ताबेजमा कतै नसमेटिएका थुप्रै महिलाहरूलाई पनि प्रस्तुत पुस्तकले चिनाएको छ ।
हरेक सामाजिक-राजनीतिक आन्दोलनको अग्रपक्तिमा उभिएका महिलाहरूप्रति उदासीन नेपालका राजनीतिक दलहरूको प्रयोग गर्ने र छोड्ने प्रवृत्ति माथि पाण्डेको यस पुस्तकले कडा प्रश्न तेछरयाएको छ ।
राजनीतिक यात्रासँगै अंश र वंशको अधिकारको लडाइँ एवं त्यसको ऐतिहासिक विकासक्रमको खाका हो यो पुस्तक | नागरिकता, पैतृक सम्पत्ति, महिला हिंसा, महिला सहभागिता, राष्ट्रिय अन्तर्राष्ट्रिय श्रमिक आन्दोलन आदि अनेक मुद्दामा सङ्घर्ष र उपलब्धिका घुम्तीहरूको दस्ताबेज पनि हो - धर्तीमाथिको दाबी : अधिकारको लडाइँ ।
Mobile Apps
Contact