क्लिनिकल मनोवैज्ञानिक डा. सोफी ए. लाजरसको पुस्तक 'Mindfulness Meditations for Depression' को नेपाली अनुवाद डिप्रेशनबाट छुटकारा आत्म-शान्ति र आत्म-करुणाको बाटोमा एक कोमल तर गहिरो मार्गदर्शन हो ।
यस पुस्तकले माइन्डफुलनेसमा आधारित सज्ञानात्मक थेरापीका सिद्धान्तहरुलाई आधार बनाएर १०० भन्दा बढी सहज अभ्यासहरू प्रस्तुत गर्दछ, जसले डिप्रेसनको चपेटामा परेका वा पुनः जागृत हुने जोखिममा रहेका जो कोहीलाई पनि व्यावहारिक सहारा प्रदान गर्दछ ।
यसको गहिरो सम्बन्ध पूर्वीय बौद्ध माइन्डफुलनेस परम्परासँग पनि छ । बौद्ध शिक्षामा माइन्डफुलनेसलाई अष्टाङ्गिक मार्गको एउटा प्रमुख अङ्ग मानिन्छ, जसले मुक्ति र जागरणतर्फ डोर्याउँछ ध्यान अभ्यासहरूले सदियौदेखि मानिसलाई आत्म जागरुकता. करूणा र दुःखबाट मुक्तिको बाटोमा अघि बढाइरहेका छन् । डिप्रेशनको पीडाले रुमल्लिइरहेका संसारका करोडौँ मानिसहरूको सच्चा सारथि बन्न सक्ने यो पुस्तक नेपालीहरूका लागि झनै उपयोगी छ ।
Your review helps others make informed decisions
Click on a star to start your review